निओ फ्युजनबाट ३८ जना बाजा प्रशिक्षार्थी दिक्षित


भदौ २७, २०८१, बिहीबार | विहान १०:०४ बजे | 20


निओ फ्युजनबाट ३८ जना बाजा प्रशिक्षार्थी दिक्षित

भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटरबाट सञ्चालित निओ फ्युजन बाजा समुहको ९ ओैं धिमेबाजा र ५ ओैं धाँ बाजा समुहको दिक्षान्त (पिधानेगु) सम्पन्न भएको छ । जम्मा धिमे र धाँबाजामा १९।१९ जना गरी जम्मा ३८ जना विद्यार्थी दिक्षान्त भएको बाजा समूहका अध्यक्ष सबिन लेबाले बताएका छन् । साथै उनले धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको अध्यक्ष लेबा बताए । त्यस्तै धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए ।

धाँ मा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेको र साथै बुबाको इच्छा पुरा गर्न सिकेको बताउँछन् । कोजु भन्छन्, अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिसीमा धाँ बजाउँछु । त्यस्तै धाँ को नकिंग बबिना ध्योजुले दाइले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको बताउँछिन् । त्यस्तै धिमेका नाय प्रतिक कुम्पाख, निकिंग इशा श्रेष्ठले बाजा सिक्नेले सानैदेखि धिमे बजाउने सिक्ने इच्छा भएको बताए । 

तालिम तीन महिना चलेको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ ।


Comments