एकजना साहित्यकार जसले हरेक रचनामा भक्तपुरलाई माया देखाउँंछन्
भदौ २७, २०८१, बिहीबार | विहान ०९:१४ बजे | 50
भक्तपुर । साहित्यकार ईश्वर थोकरको जन्म भक्तपुरमा भएका थिएन । उनको जन्म काभ्रेको तेमाल गाउँंपालिकामा भएको हो । भक्तपुरमा नजन्मे पनि उनको जीवन भने भक्तपुरमै वित्दैछ ।
बाल्यकालदेखि भक्तपुरमा वसेर हुर्कर्दै आएका उनी हाल भक्तपुर नगरपालिका वडा नं २ ठूलोव्यासीमा डेरामा वस्छन् । उनका अनुसार उनको बाल्यकाल टौमढी नजिकैको कोठामा भाडामा बसेर टौमढी पाँंचतल्ले मन्दिर वरिपरि नै खेलेर वित्यो, हुर्कियो ।
साहित्यकार थोकर नेपाली साहित्य क्षत्रका एक चर्चित नाम हो । उनको हालसम्म ७ वटा कृतिहरु प्रकाशित भइसकेका छन्, कविता संग्रह, श्रृखला कविता संग्रह, संस्मरण आदि । उनका रचनाहरु धेरै तामाङ भाषामा छन् त केही नेपाली भाषामा ।
धेरै साहित्यकारहरुले धेरै विषयमा कलम चलाए होलान् । यसरी नै साहित्यकार थोकरले पनि चलाए धेरै विधामा कलम । तर उनको र अरुको कलम चलाउनेमा के फरक छ भने उनी हरेक सृजनामा भक्तपुरको माया दर्शाउछन् । उनी भन्छन्, मेरो सात वटा कृतिहरु प्रकाशित भइसकेका छन्, तीमध्ये चार वटा कृतिमा भक्तपुरलाई माया गरेको मायाभाब छन् ।
उनका धेरै लेख, रचना, साहित्यिक रचनाहरु स्थानीय, राष्टियदेखि अन्तराष्टिय तहसम्मका पत्रपत्रिकाहरु तथा मिडियाहरुमा पनि प्रकाशित प्रशारित भइसकेका छन् ।
उनी स्तम्भकार पनि हुन् । उनी तामाङ भाषाको मासिक पत्रिका तामाङ दोजाङमा पनि नियमित लेख्छन्, जुन पत्रिका २१ वर्षदेखि नियमित प्रकाशित हुँंदै आइरहेको छ । यस अलावा पनि उनी अरु विभिन्न पत्रपत्रिका, म्यागेजिनहरुमा पनि नियमित रुपमा लेख्छन्, लेखिरहन्छन् । मेरो काम भनेको पढ्ने, लेख्ने नै हो, सात वर्ष जागिरे जीवन विताएको बताउने उनी भन्छन्, लेखेरै वाँंच्न पाए हुन्थ्यो ।
आफूले १३ वर्षको उमेरै साहित्य लेख्न थालेको उनी सम्झन्छन् । भन्छन्, १३ वर्षको उमेरमा लामो विरामी पर्दा अस्पतालको बेडबाटै कविता लेखेको थिएँं र त्यो नै मेरो पहिलो कृति बन्यो ।
उनीसँग दुःखको पहाड छ । आफनै बहिनीको दुःखद् निधन हुँंदा उनले बहिनीकै नामबाट कविता संग्रह पनि निकाल्न भ्याएका थिए । वहिनीको नाम प्लिक्सी रहेको र त्यही नाममा कविता संग्रह निकालेको उनको भनाई छ । यो तामाङ भाषामा छ । यसबाहेक पनि उनको जीवन संघर्ष, दुःखका दिनहरु हिमाल भन्दा पनि उच्च छ, सगरमाथालाई नै फुच्चे बनाइदिने खालको छ । साहित्यकार थोकरको सुस्वास्थ्यको शुभकामना ।