ठूलो व्यासीमा कोणसभा ः दशैपछि विद्रोहको राकोँ वाल्नुपर्ने


भदौ २६, २०८१, बुधबार | दिउँसो ०३:५३ बजे | 25


ठूलो व्यासीमा कोणसभा ः दशैपछि विद्रोहको राकोँ वाल्नुपर्ने

,m,भक्तपुर । अब नेपाली नागरिकहरुले देश लुटने स्वदेशी तथा विदेशी शक्तिहरुलाई परास्त गर्नुपर्नेमा जोड दिनुपर्ने आजको तडकारो आवश्यकता रहेकोकोमा जोड दिइएको छ । नेपाली नागरिकहरु वादप्रतिवाद छाडी नेपालवाद मौलिक नेपालको एजेन्डामा आउन ढिला भईसकेको बताइएको हो । यो विषयमा आमसर्वसाधरण र देशभक्त नागरिकले बुझ्नु अति आवश्यक भइसकेको हुदा आम नागरिकहरुलाई यस सम्वन्धमा अपिल समेत गरिएको छ ।
स्वतन्त्र देशभक्त नागरिक जनजागरण स–चेतना अभियान अन्तरर्गत बुधबार भक्तपुरस्थित ठूलो ब्याँसीमा आयोजित एक कोणसभालाई सम्बोधन गर्नुहुदै अभियानका अभियन्ता राजन कार्कीले यसबारे जोड दिनुभएको हो । सो अवसरमा वाँहाले हाम्रो देश नेपाल स्थापनाकालदेखिको इतिहासमै कल्पना भन्दा वाहिरको संकटमा रहेकाले अव राजनैतिक परिवर्तनको संघारमा रहेको तथा नागरिकहरु यो व्यवस्थाले वाक्कदिक्क भैसकेको बताए । तर भरपर्दो राजनैतिक नेत्रृत्वको अभाव रहेको हुदाँ त्यसको लागि भित्रभित्रै तयारी भैरहेकाले नागरिकलाई विद्रोहको लागि तयारी अवस्थामा रहन एंव दशैपछि विद्रोहको राकोँ वाल्नुपर्ने तथ्य पनि उल्लेख गर्नुभयो ।
कोण सभालाई सम्बोधन गर्नुहुदै अभियानका अभियन्ता स्वतन्त्र वुद्धिजिवी निलनारायण कोजुले वर्तमान सरकार वास्तवमै नागरिक÷गरिव किशानमारा रहेकोले सरकारको खरो आलोचना गर्नुहुदै उपत्यकास्थित नदिकिनराको मापदण्ड तत्काल खारेज हुनुपर्ने तथा गुठीको जग्गामा मोहियानी हटाए सरकार गंभीर दुर्घटना हुने हुदा सम्पुर्ण पीडित नागरिक एक हुन अपिल समेत गर्नुभयो ।
सो अवसरमा वहाले  देशमा अन्याय÷ अत्याचार र कुशासनले गणतन्त्रको सिमा नाघेको विदेशी हस्तक्षेपले देश नै नरहने स्थितिमा पुगेकाले तत्काल यो ब्यबस्थाको अन्त गरी मौलिक सनातनि राजसंस्थात्मक राज्यको स्थापना गर्नका लागि नागरिकहरुलाई एक रहन आब्हान समेत गर्नुभयो ।
कोणसभामा वहाले हामी उपत्याकावासीको मौलिक परंमपराको करिवकरिव अन्त हुन लागीसकेकाले हामी एक भएर ञो ब्यबस्था विरुद्ध लडेनौ भने हामी निकट भविश्यमै विस्थापित हुन्छौ– भन्नुभयो । 
अभियानले विगत लामो समयदेखि विदेशीले जबरजस्ती थोपरी दिएको गणतन्त्रको समुल अन्त र मौलिक नेपालको स्थापनार्थ लागि कडा संघर्ष गर्दै जनगागरण स–चेतनात्म कामहरु गर्दै आइरहेको छ भन्नुभयो ।

Comments