फूलको आँखामा फूलै संसार
भदौ २६, २०८१, बुधबार | दिउँसो ०३:३४ बजे | 5
तुल्सी नारायण लाखेमरु
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल
मुलको पानी सङ्लो भए संसार राम्रो हुन्छ । संस्कार विनाको राजनीतिले संस्कार बिनाको समाज जस्तो हुन्छ र अनि सारा जनताले सरकार छ कि छैन भनेर हेर्छन् । न्याय अन्यायमा बिचार गरिन्छ र तौलिन्छ । यहाँ त अर्कै अर्काे भयो भन्छ अनि बिरक्त लाग्छ ।
काँग्रेस र एमाले गठबन्धन सरकार भयो । दाइ काँग्रेस, भाइ काँग्रेस एमाले भयो । मिलीजुली खाउँ भाले भन्छ । राजनीतिक संस्कार भएन भनै अरु मित्र देशको सोच अनुसार अंशबण्डाको राजनीति हुन्छ ।
बिजुली पानी भारतमा, लोडसेडिङ नेपालमा । खानेको खाने धन्दा, घर ज्वाँइको अर्कै धन्दा । हामी तमाम नेपाली शाषक वर्ग समेतले महदेवको चार वटा आँखाले हेर्नुप¥यो । नेपाली जनताहरुलाई मन्त्री प्रधानमन्त्रीहरुको आँखा दुई चछु तीन दृष्टि चार नजर महादेवको आँखाले केलाएर हेर्नुप¥यो ।
नेपाली जनताहरुलाई प्रधानमन्त्रीहरुको आँखा राम्रो हुनुपर्ने हो तर राम्रो आँखाहरु भइदिएन र मर्यादित भएन । चोरको साथी चोरै हुन्छ, डाइभरको साथी दाइभर हुन्छ । भ्रष्टाचारीको साथी भ्रष्टाचारी हुन्छ, व्यापारीको साथी व्यापारी हुन्छ, बुद्धिमानको साथी बुद्धिमान हुन्छ, डाक्टरको साथी डाक्टर हुन्छ र गुण अनुसार सन्तान थरिथरिका हुन्छन् । नानीदेखि लागेको बानी त्यस्तै हुन्छ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।
पूजीवादी संसारमा हुर्केको पूजीवादी नै हुन्छ । धान रोपेर गहु फल्दैन, जनताहरुमा हेर्ने दृष्टिकोण मर्यादित कहिल्यै देख्दैन र हेर्दैन पनि । देशमा जल्दाबल्दा समस्या पनि चार पटक प्रधानमन्त्री भएर पनि नानीदेखि लागेको बानी झैँ हुँदो रहेछ । कहिल्यै फेरिदैन । जुन जोगी आए पनि कानै चिरेको झै लाग्छ । जोगीलाई जक्सन, रोगीलाई इन्जेक्सन, नराम्रो फेसन, जनतामारा राजनीति जस्तो हुन आयो । कांग्रेस, एमाले, माओवादी र जनताहरु पनि भेडाबाख्रा झै भयो ।
सर्वोच्च कमान्डर गणेशमान सिंहले भनेको कुरा बरोबर मनका याद आउँछ । भटमास पनि थाहा छैन, बदमास पनि थाहा नहुने । शासक वर्गको गल्ती भए सुपारी एक टुक्राले टरिन्छ । देवताको दोष भए अलिकति अक्षता तरिन्छ । बिजुलीको लाइन मात्र कात्ने होइन, जिन्दगीभर शरिर दान दिए पनि पुग्दैन । त्यही व्यक्ति पालो पालो गरेर चार पाँच पल्ट प्रधानमन्त्री बन्छ । जनताको नाउमा देश नै ध्वस्त पार्छन् । शाषक वर्गले राम्रो काम गर्दैन । जनताहरुसँग सरसल्लाह नगरी विकृति फैलाउने गरी चार पाँच जना श्रीमती भित्राउने जस्तै प्रधानमन्त्री बन्नु राम्रो होइन । खबरदार गर्नुपर्छ र देशको डा«इभर भएर बिजुलीको रकम तिर्नु पर्छ भन्नुपर्छ । आज नगद भोली उधारो, जगनाथले जगै नाश, कुलै नाश दागको बचन जस्तो संविधान मिच्ने काम गर्नु पाउँदैन । ललिता निवास प्रकरण भुक्तानी सरनार्थी गिरिबन्दुको जग्गा प्रकरण, ३३ के.जि. सुन काण्ड, बालमन्दिरको जग्गा, गणेशमानको छोरीले प्रपञ्च गरेको र महाकालीसन्धिले पश्चिमबाट सूर्य उडाउने भन्थे फेयिर के बाट पानीजहाज ल्याउँछु भन्छ । महत्व देखाउँदैन । बाम पन्थी भन्नेले दिल देखाउँदैन । छ सात जना व्यापारीको लाइन जोड्नु २२ अर्वको सम्पत्ति नेपालको सम्पत्ति हो । हाड नभएको जिब्रो आइन्दा उम्मेदवारले जिम्मेवार नभएको कुरा गर्नु हुदैन । पदमा बस्नेहरुले कुनै हालतमा गर्नु हुँदैन । यहाँनिर एक्काइसाँै सताब्दीमा पुलुक्क सम्झे, नरसिंह अवतारमा रातमा मार्नु हुदैन । दिनमा मार्नु हुँदैन । ल दिउँसो पनि होइन रात पनि होइन, भित्र पनि होइन बाहिर पनि होइन, आफ्नै मूल ढोकामा बसेर यो बाहिर पनि होइन, भित्र पनि होइन भनेर, बिचमा बसेर शस्त्रले मार्नु हुदैन , अस्त्रले मार्नु हुँदैन भन्दा खेरि, यो शस्त्र पनि होइन, अस्त पनि होइन, आफ्नै नरसिंहको दश औँलाको नङले पेट चिरेको । जलमा पनि मार्नु हुँदैन, थलमा पनि मार्नु हुँदैन भन्थे । त्यो अवस्थामा आफ्नै खुट्टामा अडाएर हिरान्याकशिपूलाई नरसिंह अवतारले मारियो । र भक्त प्रल्हादले तत्कालिन समयमा विष्णु भगवानको नाम पूज्थे । विष्णु प्रकट गरेको बुवाले नसहने गरेको छोरा भक्त प्रल्हादलाई मार्न खोज्दा विष्णु नरसिंह अवतार प्रकट भई माथि उल्लेखित हिरान्यकशिपूलाई भक्त प्रल्हादसँग नरसिंह अवतार लिई हिरान्याकशिपूलाई मारिएको कठन थियो र भक्त प्रल्हादले विष्णु भगवानको नाम पूज्न नहुने जस्तै गरिवीको कारणले आफ्नो देशमा एक्काइसौँ शताब्दीमा पनि परिवारसँग बस्न नपाउने गरि गरिबको जिन्दगीलाई सरकारले बच्न दिँदैन र रमाउन दिएन । आमाले छोरा देख्न पाँउदैन, छोराले आमा देख्न पाउदैन, आफ्नो नेपालमा बस्न मन भएपनि बस्न दिँदैन । मेरो परिवार मुटु सम्मान, श्रीमान्, श्रीमती, छोरा, छोरी इष्टमत्रि कहिल्यै बस्न पाउँदैन र गरिवको घाँउ गरिवले मात्र थाहा हुन्छ , घाइतेले मात्र चोटको पीडा थाहा हुन्छ । नेपालीलाई नेपालमा बस्न नदिने सरकारले प्रपञ्च गरि देश पठाउने कार्य गरेको छ । त्यही अर्थमा धनिले गरिवलाई कहिल्यै हेर्दैन । त्रिभुवन विश्व विद्यालयको जग्गा समेत उप प्रधानमन्त्रीले अंशवण्डा गर्ने भन्छ । दाई काँग्रेस भाई काँग्रेसले साधारण जनतालाई मान्छे ठान्दैन र चन्द्र सूर्यपनि आधा–आधा गर्न बेर छैन । सर्वच्च गणेशमान सिंह पनि मान्छ हो, नारायण मान बिजुक्छे पनि मान्छे हो, राम पनि मान्छे हो, बुद्ध पनि मान्छे हो । आफैले आफै हेर्नु भन्छ नैतिक हिन मान्छे यदा कदा बाटोमा नहिद भन्छ । अन्त्यमा शासक वर्गलाई मोज छ, जनतालाई बोज छ । जनताको आँखा दुरविन सरह हुन्छ ।