वी.पी.को समाजवाद : आजको सान्दर्भिकता विषयक विचार गोष्ठी सम्पन्न


2024-09-10 15:29:50

News Image

डा. डिला संग्रौला संयोजक रहेको नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग’ को आयोजनामा महामानव वी.पी.को १११ औं जन्म जयन्तिको अवसरमा ‘बी.पी.को समाजवादः आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रम आज काठमाडौंको गौशालामा एक समारोह विच सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा विशिष्ठ अतिथि रहेको कार्यक्रममा विभिन्न नेता, बुद्धिजीवी विभागमा आवद्ध नेता तथा कार्यकर्ता तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता बुद्धिजीवी विभागकी संयोजक डा. डिला संग्रौलाले गरेकी थिइन । कार्यक्रममा सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वीपीको राजनीतिक र साहित्यिक योगदानको चर्चा गदै भन्नु भयो वीपी सानो देशका ठूला नेता हुनुहुन्थ्यो । उहाँको प्रजातान्त्रिक पद्धति, कानूनी शासन, समाजवादी अवधारणा आज मात्रै होइन भोलीका दिनमा समेत महत्वपूर्ण हुने कुरा बताउनु भयो । वी.पी राजनीतिमा जती अब्वल हुनुहुन्थ्यो साहित्यमा पनि त्यत्तिकै अब्वल हुनुहुन्थ्यो । उहाँका पुस्तकहरु आज पनि त्यत्तिकै चर्चामा छन्, देउवाले भन्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले समेत बीपीको विचार र समाजवादी आन्दोलनको बारेमा चर्चा गरे । उनले भने, वैयक्तिक स्वतन्त्रता नभै समाजवाद आउदैन, समाजवादको पूर्वसर्त स्वतन्त्रता हो वीपि भन्नु हुन्थ्यो । वीपीको विचार/दर्शन नेपाली जनताको लागि अझै १०० वर्ष भन्दा बढी आवश्यक पर्छ । वीपीको समाजवादको सान्दर्भिकता हाम्रा तन्नेरीहरुले स्वदेशमै मर्यादीत रोजगारी पाउन, अवसरको असमानता हराउनु पर्छ । सवैलाई समान बनाउछु भन्ने कुरा कपोलकल्पित असम्भव हो । सरकारले रोजगारी सिर्जना गर्ने होइन रोजगारी सिर्जना गर्ने वातावरण बनाउने हो । नीजि क्षेत्रबाटै रोजगारी सिर्जना हुने हो थापाले बताए । नेपाली काँग्रेसले लिएको नीजिकरण र उदारीकरणले अर्थतन्त्र चलायमान भएको हो । नाफा भन्ने वित्तिकै हामी झस्कन्छौ । नाफा सकारात्मक चालक हो । नेपालमा औद्योगिक क्षेत्रको विकास ०४८ –०५१ मा भएको हो उनले भने । बुद्धिजीवी विभागका संयोजक डा. डिला संग्रौलाले प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत सम्पूर्ण आगन्तुक महानुभावहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन । उनले वीपीको समाजवाद र वीपीको सपनामाथि प्रकाश पारिन् । वीपीको समाजवादी कायक्रम अहिले सम्म पुरा हुन सकेको छैन । वीपी आफू जस्तै सम्पूर्ण नेपालीहरुलाई बनाउन चाहनु हुन्थ्यो । एउटा घर होस, दुध खाने गाई होस, खेती गर्ने जमिन होस्, स्वास्थ्य उपचार सहज होस्, शिक्षा सर्वसुलभ होस भन्ने चाहना थियो उनले बताइन् । आज हाम्रा युवाहरु गास, वासका लागि विदेशी भूमिका हरेक यातना सहेर काम गरिरहेका छन् । यसमा सरकारले गर्व गर्नु हुदैन । लेवर ड्रेन मात्रै होइन व्रेन ड्रेन पनि अहिले ठूलो समस्याको रुपमा आएको छ । यसतर्पm नेपाली काँग्रेसको सरकारले विशेष ध्यान दिन जरुरी छ । वीपीको समाजवादको सान्दर्भिकता कार्यपत्रमाथि प्रा.डा. गोविन्द सिंह कार्की, प्रा. ओम प्रकाश शर्मा र प्रा. दिला राज पोख्रेलले समीक्षा गरेका थिए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *