भक्तपुरमा गणतन्त्र विरोधी गतिविधि शुरु
भदौ २४, २०८१, सोमबार | साँझ ०४:१० बजे | 55
भक्तपुर । भक्तपुरबाट गणतन्त्र विरोधी गतिविधि सुरु भएको छ । यस क्रममा सोमबार साँंझ भक्तपुर नगरको च्याम्हासिंह चोकमा कोणसभा भएको छ ।
राजा र सनातन मौलिक नेपालवादी केही युवाहरुले यो ब्यबस्थाको विरोध गर्दै कोण सभा गरेका थिए । कोणसभाको वक्तामा राजन कार्की र नीलनातायण कोजूलगायतका थिए । उनीहरुले यो ब्यबस्थाको विरोध गर्दै यो ब्यबस्थाले देश नै वेचिसकेको हुदा नेपाली नागरिकलाई देश जोगाँउन सडकमा आउँनुपर्ने विचार राखे । उनीहरुले नागरिक विद्रोहको पूर्व तयारीको थालनी भएको उदघोष पनि गरे ।