बधाई खबरको २४ घण्टे अवसान


भदौ २४, २०८१, सोमबार | दिउँसो ०३:०८ बजे | 5


बधाई खबरको २४ घण्टे अवसान

विजय विस्फोट
अनलाइन खबर नामक चर्चित सन्चारमाध्यमले हिजो सम्प्रेषण गरेको एउटा समाचारले झन्डै .... रेक्टर स्केलको धक्का सामाजिक सन्जाल प्रयोगकर्ता, अझ त्य्समा पनि रङमञ्चमा क्रियाशिल÷रुचि राख्नेहरुमाझ महसुस गरियो । 
कारण थियो, संगीत तथा नाटय प्रज्ञा प्रतिसठानका बहालवाला कुलपति निशा शर्माले आफ्नो फेसबुक वालमा अमेरिकामा बसोबास गर्ने पौडेल थरका आफ्ना मित्रले फेसबुक च्याटमा पठाएको खबरसहितको तस्बिर अनि तारा आकारको ठूलो चित्रभित्र उल्लेखित रङिन तस्बिर । त्यसैलाई आधार मानी जानकारीसहित कुलपति निशाले उनै सम्मानित व्यक्तित्व जो कुलपतिका पति पनि हुन्, बधाइसहित ... भन्दै खुशी ब्यक्त गरिन् र यहीबाट फैलियो खबरको तरङ ..
नाटकको दुनियामा अत्यन्तै चर्चित नाम सुनिल पोखरेललाई अमेरिका जस्तो देशको भूमिमा त्यो पनि हलिउडवालाहरुले सम्मानित गर्नु चानचुने खबर थिएन । झन त्यो माथि प्रेशित समाचारको श्रोत स्वयम् कुलपति÷धर्मपत्नीले लेखेकोलाई सुचनाको आधार मानेर सन्चारमाध्यमहरुले आफ्नो हेडलाइन बनाए, जुन खबरको श्रोत अनुसार स्वभाबिक थियो । अनि सुरु भो सम्बन्धित सञ्चार माध्यम विशेषतः  सुनिलका चेला–चेलीलगायतले बधाई, सुभकामना दिदै खुशी ब्य्क्त गरे । नेपालदेखि सिङो डायसपोरामा उक्त खबरले लगभग घण्टासम्म हल्लायो । यसबिच सुनिलले आफ्नो छोटो प्रतिक्रिया उहीँ फेसबुकमा लेख्दै आफुलाई त्यसको प्रकियाबारे केही थाहा नभएको र आफुले त्य्स किसिमको पुरस्कार पाउने काम नगरेको भन्दै शालिनता प्रकट गरे । तर उक्त खबरको तथ्यताबारे कुनै कुरा लेखेनन । यस अर्थमा प्रेषित खबरलाई अप्रत्यक्ष स्वीकारोक्ती गरे । 
अनि सुरु भो खबरको दोश्रो चरण...
यस चरणमा भने अनलाइन खवरले निकै हतारमा त्यो खबरलाई आफनो पेजबाट हटायो । मलाइ माफ गर्नु, हल्लाको खबरमा आफुलाई बिश्वास छैन भन्दै सुनिल आफनो बचाब गर्न बाध्य भए । कुलपति निशाको फेसबुकबाट पनि हाल डिलिट भएको छ । तर उनले त्य्सबारे केही उल्लेख गरेकी छैनन् । बधाइ दिने चेलाचेलीहरु, उनका आफन्त र मित्रहरुले पनि आफ्नो पेजबाट सो खबरलाइ हटाउनका साथै खबर प्रेशित गर्ने सन्चारमाध्यमलाई अहिले सरापिरहेका छन । कुल मिलाएर खबर ....घन्टा पनि नबित्दै ढलेको छ । तर खबरको सुत्रधार अर्थात कुलपति निशाले यसबारे आफ्नो कमजोर श्रोत अनि पद अनुसारको स्वीकारोक्ति कहिले गर्ने ? सुनिल मात्र होइन सिगो नेपाली रङमन्चको गरिमालाई बदनाम गर्ने काम भएको छ, जसले गरे पनि यो काम निन्दनीय छ, दण्डनिय छ ।

Comments