नेपाल इको प्यानल र ग्रील तथा स्टिल तथा व्यवसायी महासंघवीच छलफल


भदौ २४, २०८१, सोमबार | दिउँसो ०१:५८ बजे | 70


नेपाल इको प्यानल र ग्रील तथा स्टिल तथा व्यवसायी महासंघवीच छलफल

भक्तपुर । ग्रील तथा स्टिल तथा व्यवसायी महासंघ र नेपाल इको प्यानलवीच एक आपसको व्यापारिक हितका विषयमा सोमबार छलफल भएको छ । नेपाल इको प्यानलको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरमा दुईवीच व्यापारिक सहकार्यका विषयमा छलफल भएको हो । नेपाल इको प्यानल र ग्रील व्यवसायी एक आपसमा मिलेर व्यापारिक हित गर्ने विषयमा छलफल भएको हो । 
यस क्रममा ग्रील तथा स्टिल तथा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जनले इको प्यानल र ग्रील व्यवसाय एक आपसमा जोडिएको विषय भन्दै सहकार्यमा जोड दिएका थिए । साथै नेपाल इको प्यानल र ग्रील व्यवसायीवीच भावी दिनमा कसरी व्यापारिक हितमा अगाडि वढन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।
त्यस अवसरमा अध्यक्ष महर्जनले नेपाल इको प्यानलको कर्पाेरेट कार्यालयको अवलोकन भ्रमणसमेत गरेका थिए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । 

Comments