मातृभाषाका पत्रिकाहरू सम्मानित


भदौ २३, २०८१, आइतबार | दिउँसो ०२:०८ बजे | 40


मातृभाषाका पत्रिकाहरू सम्मानित

नवौं भाषा आयोग दिवसको अवसर पारेर भाषा आयोगले आज एक कार्यक्रमबीच विभिन्न मातृभाषी पत्रपत्रिकाहरूलाई सम्मानित गरेको छ । 

सम्मानित हुने पत्रिकाहरूमा तान्छोप्पा मासिक (लिम्बू), बुङ्वाफा (बान्तावा राई), गुगुल्डि (डोट्याली), तामाङ डाजाङ (तामाङ), थौकन्ह ( नेपाल भाषा), बज्जिकाञ्चल दैनिक (बज्जिका), भोजपुरी टाइम्स (भोजपुरी), रचना (नेपाली), सितिमि (चाम्लिङ राई), लिब्जु-भुब्जु (वाम्बुले) र लावा डगर (थारु) रहेका छन् । प्रमुख अतिथि संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्मानित पत्रिकाका प्रधान सम्पादक, सम्पादक, प्रतिनिधिहरूलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाण्डे सहित भाषा आयोगका संस्थापक अध्यक्ष लवदेव अवस्थी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, भाषा आयोगका सदस्य, अमर गिरी, गोपाल जी प्रसाद सर्राफ (गोपाल अश्क), डा.पुष्करराज भट्ट, डा.उषा हमाल, आयोगका सल्लाहकार डा.रामावतार यादव, रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा भाषा आयोगका का.मु.सचिव डा. लोकबहादुर लोप्चनले 'भाषा आयोगको संवैधानिक दायित्व र उपलब्धिहरू'बारे आफ्नो प्रस्तुति दिनुभएको थियो । सोही अवसरको दोस्रो सत्रकाे कार्यक्रममा विभिन्न प्रदेश भित्र बोलिने भाषाका प्रतिनिधिहरूले आफ्नो प्रदेश र स्थानभित्रका विभिन्न भाषाहरूका अवस्थाहरूबारे चर्चा गर्नुभएको थियो । कार्यक्रम भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments