भक्तपुर बचतमा विशेष फोटोग्राफी तालिम सुरु
भदौ २३, २०८१, आइतबार | दिउँसो ०१:३० बजे | 65
भक्तपुर, २३ भदौ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आइतबारदेखि १० दिने विशेष फोटोग्राफी तालिम सुरु भएको छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले बेरोजगार युवाहरुलाई लक्षित गरी संस्थाले विभिन्न तालिमहरु दिँदै सिप सिकाउँदै स्वरोजगार बनाएको बताउनुभयो । फोटोग्राफीका धेरैपल्ट तालिम भएर पनि फोटोग्राफीमा नपुग महसुस गरी विशेष फोटोग्राफी तालिम सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । उहाँले क्यामेरा हातमा छ भनेर जथाभावी फोटो खिच्न नहुने बताउँदै सक्षम फोटोग्राफीका लागि विशेष तालिम चाहिने बताउनुभयो ।
तालिमका प्रशिक्षक शरण राईले आधारभूत फोटोग्राफी तालिम र विशेष फोटोग्राफी तालिमको भिन्नता बताउँदै विशेष तालिमले विशेष खालको महत्व राख्ने बताउनुभयो । राम्रो र गुणस्तरीय फोटो निकाल्नका लागि यस तालिमको आवश्यकता रहेको बताउँदै उहाँले मन मष्टिस्कले सोचेको जस्तो फोटो निकाल्नसके मात्र यस तालिमको उपलब्धि हुने बताउनुभयो ।
सूचना तथा प्रकाशन उपसमितिका संयोजक कृष्णश्वरी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सविना प्रजापतिले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...