सुनकोशी नदीमा दुर्घटना भई भक्तपुरका युवा वेपताको घटना शंकाको घेरामा ?
भदौ २२, २०८१, शनिबार | दिउँसो ०१:५१ बजे | 55
भक्तपुर । सुनकोशी नदीमा निजी गाडी खसेर भक्तपुरका तीन जना युवा बेपताको घटना शंकाको घेरामा परेको छ । एउटा टेलिभिजन च्यानलमा घटना शंकास्पद भएको भिडियो सार्वजनिक भएसँंगै यो भिििडयो यतिखेर सामाजिक सञ्चालमा भाइरल बनेको छ ।
ती व्यक्तिले घटना शंकास्पद भएको बताएका हुन् । यति ठूलो दुर्घटनामा परेर कोही पनि बाँंच्नै नसक्ने भन्दै उनलाई बाँंचेका व्यक्ति सकुसल रहनसक्नु शंकाको घेरामा परेका बताएका छन् । दुर्घटना परेर जो बाँंचेका छन्, उनी यत्रो दुर्घटनामा पनि सामान्य मात्रै घाइते हुनु, जुता जपल सवै ठिक हुनु, मोवाइल पनि ठिकै हुनुलाई सामान्य मान्न सकिन्न, उनले भिडियोमा भनेका छन् ।
बेपता भएका भक्तपुरका तीन जना युवाहरु अहिलेसम्म पनि भेटिएको छैन । चार जना सवार रहेको कार सुनकोशीमा १५ दिनअघि खसेको थियो । भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपती भने उबेलै पौडेर बच्न सफल भएका थिए ।
सुनकोसी नदीमा वेपत्ता हुनेहरु भक्तपुर सूर्यविनायक नगरपालिका जगतीका अविन बके, सोही ठाउँका प्रनित सैजु र बलराम घटुवा अझै बेपता रहेका हुन् ।
मध्य पहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । गोलन्जोर गाउपालिका १ कुडुलेबाट सुनकोसी नदीमा एक निजी जीप हाइलेक्स खस्दा उनीहरु बेपता भएका थिए ।
खोटाङ हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ –०२३ च ६३६६ नम्बरको इसुजु हाइलेक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा भदौ ८ गते शनिबार साझ खस्दा तीन यात्रु बेपत्ता भएका थिए ।