युवा संघले गरयो दतात्रयमा निःशुल्क खानेपानीको व्यवस्था
भदौ २२, २०८१, शनिबार | विहान ०२:२३ बजे | 70
भक्तपुर । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संध नेपाल भक्तपुर नगर कमिटीले शुक्रबार दतात्रयमा निःशुल्क खानेपानीको बन्दोवस्त मिलाएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा ब्रतालु महिलाहरु तथा भक्तजनहरुलाई खानेपानीको व्यवस्था गरिदिएको हो । ब्रतालुलाई सहयोग गर्ने हेतुले निःशुल्क खानेपानी बितरण,प्राथमिक स्वास्थ्य उपचार तथा नाचगान कार्यक्रम सभ्य र भब्य तरिकाले कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुप्रति आयोजक अध्यक्ष विक्रम कर्माचार्यले आभार प्रकट गरेका छन् । कार्यक्रमको क्रममा साउण्ड सिस्टमको व्यवस्था गरी सहभागीलाई नाचगान पनि गर्न सघाएको थियो ।