हरि मञ्जुश्रीलाई मध्यपूर्व सम्मान


भदौ २१, २०८१, शुक्रबार | दिउँसो १२:५४ बजे | 65


हरि मञ्जुश्रीलाई मध्यपूर्व सम्मान

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई आज हरितालिका तीजका दिन ‘मध्यपूर्व सम्मान, २०८१’ बाट सम्मान गरिएको छ । उहाँलाई सामुदायिक रेडियो मध्यपूर्व एफएम १०४.० ले सम्मान गरेको हो । उहाँमा समर्पण गरिएको सम्मानपत्रमा साहित्य क्षेत्रका माध्यमबाट समाजलाई परिवर्तन गराउन उहाँले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बेहोरा उल्लेख छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा आयोजित कार्यक्रममा पूर्वऊर्जाराज्यमन्त्री सूर्यमान दोङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

Comments