जव सूर्यविनायकमा प्रेम सुवाल र भक्तपुर नगरपालिकाको तारिफ भयो.......
भदौ २१, २०८१, शुक्रबार | विहान ०४:११ बजे | 20
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा बिहीबार भएको एउटा औपचारिक कार्यक्रममा संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाको तारिफ गरिएको छ । कार्यक्रमका छुटाछुटै वक्ताहरुले सांसद सुवाल र नगरपालकाको तारिफ गरेका हुन् ।
नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अव्दुल खानले सुवालको तारिफ गरेका हुन् । उनले सांसद सुवालले संसदमा सवैभन्दा वढी प्रभावकारी रुपमा भूमिका निर्वाह गरिरहेको भन्दै तारिफ गरेका हुन् ।
अस्वभाविक मूल्यबृद्धि, कालोबजारी र बजार अनुगमन विषयमा गरेको साक्षात्कारमा उनले चर्काे मूल्यबृद्धिको समस्या समाधानको चुरोमा ठूला राजनीतिक दलहरु पुग्न नसकेको बताए । मूल्यबृद्धि रोक्नका लागि आफनै देशमा उत्पादन गर्नुपर्नेमा जोड दिंदै सांसद सुवालले यस विषयमा निरन्तर वकालत गर्दै आएको भन्दै उनको प्रशंशा गरेका हुन् । उनले दलहरुले मुलमा नगईकन सतहमा बसेर योजना बनाउने गरेको आरोप लगाए । उनले जवसम्म आयतमुखी नभई निर्यातमुखी हुँंदै यो समस्या समाधान नहुने सुवालको राख्दै आएको भनाईमा बल थपे ।
कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले भक्तपुरमा चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिकाले मात्रै नियमित अनुगमन गरेको भन्दै नगरपालिकाको तारिफ गरे । बाँंकी तीन वटा नगरपालिकाले नियमित अनुगमन गर्न नसकिरहेको जानकारी उनले गराए । यहीकारण भक्तपुरबाहेकका नगरबासी वढी पीडित भएको उनको ठम्याई थियो ।
कार्यक्रममा एकजना उपभोक्ता अधिवक्ता केदार अधिकारीले कानुन भए पनि कार्यान्वयन फितलो हुँंदा बजारमा महँंगीले कहिल्यै नछोडेको भन्दै दुःख व्यक्त गरे । उपभोक्ता संरक्षण ऐन २०७५ लागू भएको यति धेरै वर्ष हुँंदा पनि जनता महँंगी, कालोबजारीलगायतको मारमा निरन्तर पर्दै आएको उनको भनाई थियो । उनले सरकारले कानुन बनाउने मात्रै नभई त्यसलाई कार्यान्वयनमा पनि ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा जिल्लाको चाँंगनारायण नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुरज पौडेलले नगरमा भइरहेको अनुगमनबारे जानकारी गराएका थिए । नगरपालिकाको उपभोक्ता हक अधिकार एक संक्षिप्त परिचयको ब्रोसर एकएकप्रति सवै सहभागीलाई वितरण गर्दै उनले नगरले उपभोक्ताको हितमा सकेको जति काम गरिरहेको जानकारी गराए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...