यसरी हुन्छ चोथा पूजामा नवदुर्गामा पूजा
भदौ २१, २०८१, शुक्रबार | विहान ०३:०३ बजे | 10
नारायणमान वनमाला
मातृ सताब्दी कालको मानव समाजमा दानवहरुले दुःख दिरहेको अन्त गर्न श्री नवदुर्गा देवगन (अष्ट मात्रिमा) उत्पति भएर दानवहरुलाई नाश गरिएको ईतिहासलाई मानव समाजमा बाजाको ताल मुकुण्डोसहित पोशाक पहिरन गरगहना खर्ग (हतियार) साथमा भाषाको बोल गिती नाटकबाट दिशानिर्देशन गर्ने उद्येश्यका साथ नेपालकै लामो जात्राको रुपमा हरेक वर्ष निरन्तर रुपमा संचालन हुने सांस्कृतिक तथा एतिहासिक नगर भक्तपुरको मानव समाजमा आधारित जीवित देवताको रुपमा पूजिने श्री नवदुर्गा देवगन जात्रा वर्षभरिमा ८ महिना मुकुन्डोसहितको विभ्रिन्न तिथिमितिमा जात्रा हुन्छ भने ४ महिना मुकुन्डो विनाको जात्रा हुने एतिहासिक परम्परा अनुशार हरेक वर्ष यस जात्रालाई निरन्तरताको क्रममा आज मंगल चौथीको दिन (चोथा पूजामा ) श्री नवदुर्गा देवगनहरुको विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम रहेको छ । सोही क्रममा देवगनहरुबाट विहानैदेखि आ आफनो सहरमा विशेष पूजा तयारी गरी भक्तपुर नगरपालिका वडा नं ९ मन्दिरमा पूजा सामागी्र भित्राउने गर्छ । देवगनहरुले आ आफनो देवताको जिमेवारी ग्रहण गरी सेतो जामा (३ाजिनो) पोशाक पहिरन गर्दै मन्दिरबाट विशेष पूजाका साथ भक्तपुर नगरपालिका वडा नं ९ झठापो नासध्वो मन्दिरमा एतिहासिक किम्बदन्तीको आधारमा देवगनहरुले देवताको नाच लिइरहेको अवस्थामा नित्यनाथ पूजा गरी नाचको तालिम सिद्ध हुनको लागि सम्पूर्ण देवगणहरु लामबद्ध रुपमा प्रस्थान गरी नित्य पूजा गरिन्छ । साथै सो पूजाको लागि कर्मचारीको तान्त्रिक विधिको पूजाको साथमा थूमा एउटाको बली चढाएर पूजा सम्पन्न गर्ने चलन रहेको छ ।
यसै क्रममा नित्यनाथ पूजा सम्पन्न पश्चात प्रसाद ग्रहन गरी मन्दिरमा सोही दिन देवगनहरुले तालिम लिइरहेको नाच मुकुन्डो विनाको सेतो जामा (३ाजीनौ) पहिरन गरी यसवर्ष पहलो पटक मन्दिरको मूल चोकमा नाच प्रदशन गरिन्छ । क्रमशः गणेश, ब्रमायणी, माहेश्वरी, कुमारी, भद«काली, बाराही, माहाकाली, भैरव र सिम्हदुम बालकुमारीहरुको पालैपालो नाच प्र्र्र्रस्तुत गरिन्छ । साथ्ौ यसैका साथ सर्वप्रथम मंगल सिद्धि नाच प्रदशन गर्दै अन्तमा केही अंश सम्पूर्ण देवगनहरुको गोसै तानेगु नाच आआफनो देवगणहरुको जिमेवार्रीका साथ केही नाच बाजाको तालमा प्रस्तुत हुने चलन रहेको छ । त्यसपछि देवगनहरु पूर्ण चोथा पूजाको सामाग्रीहरु तयारी गर्दै मन्दिरमा चढाउनपर्ने विशेष पूजाको साथ देवगनहरुको सम्पूर्ण परिवारहरु रात्री भोज गरी मंगल चौथी चोथा पूजा सम्पन्न गरिन्छ । सा्र्र्र्र्र्र्र्रथै दोस्रो दिनमा पनि सम्पूर्ण देवगनहरु मन्दीरमा पूर्ण भेला गरी विजया दशमीको लागि ब्रमायण्ी पीठमा यज्ञको लागि आवश्यक काम तयारी गर्न पिपलको वोटमा गएर ब्रमायणी देवगनको बाहुल्यताबाट शुभसाइट गरी काठको दाउरा मन्दिरमा भित्राउने एतिहासिक परम्परा रहेको छ भने पुनः साझपख देवगन परिवार प्रूजाका साथ भोज प्रसाद ग्रहण गरी दोसो्र दिन पनि सम्पन्न गरिन्छ । घण्टाकर्ण चह्रे (ग७ा मंगल चन्हे ) प५िबा६ नया पि९ी देवगनहरुले दुई महिनाको अवधिमा विजया दशमीसम्ममा तालिम प्राप्त गरी देवगनहरुको जिमेवारी निभाउनपर्ने परम्परा रहेको छ । साथै यस संस्कृतिको हालसम्म अवस्थामा पनि केही परिमार्जन नगरी नाच, भाषा, तालको कुनै लिपिवद्ध रहेको अवस्था भएकै कारण सबै विद्याहरु घोकन्थे विद्या तालिमबाट नै परापूर्वकालदेखि चल्दै आएको अवस्था रहेको छ ।
हरेक वर्ष यस संस्कृतिलाई निरन्तरता दिन नेवारी जातिहरुमध्ये क्रमश जुसीबझू , चित्रकार, कर्माचार्य, प्रजापति, मान्नधर, शाही, परियार, शाक्य र उजाजू (वनमाला) जातिहरुको सक्रियतामा विभिन्न तिथिमितिमा आवश्यक छलफल गरी श्री नवदुर्गा देवगन जात्रा स्ंचालन हुने किम्वदन्ती रहेको छ । माथि उल्लेखित नेवारी जनजातिहरुको निम्न अनुशार जात्रामा संलग्न हुने जिमेवारीमा साथ कार्य विभाजनबाट यस संस्कृति अगाडि वढेको छ । सोही क्रममा नम्वर १ उजाजू वनमाला, देवगनको भूमिका वर्षभरि नै जिमेवारीका साथ जात्रा संचालन गर्न परिवार चाहिन्छ ।
नं.१ जुसिबजु (ज्योतिस) नामाकरणको दिनमा उहाको बाहुल्यताबाट देवगनहरुको नाम लिस्ट (नाम थरं) तयारी गर्ने विशेष जिम्मेवारी रहेको छ ।
नं.२ पुन्चा (चित्रकार), देवगनहरुको सम्पूर्ण मुकु०डोहरु तयार गर्ने विषेस जिमेवारी रहनुहुने मानिन्छ ।
नं.३ आचाजू (कर्मचार्य), देवगवन जात्रामा विशेस तान्त्रिक पूजाको जिमेवारी वहाहरुले गर्नुहुने मानिन्छ ।
नं. ४ हाकुज्या (प्रजापति), देवगनको लागि आवश्यक माटाका कलेश, माटाका भाडाकुडा समेत तयारी गरी जिमेवारी वहन गर्ने परिवार मानिन्छ ।
नं. ५ सायमी (मानन्धर ), भ.न.पा ५ याछेंमा विजया दशमीका दिन मुकुण्डो घरमा लिन जादा कंह बाजा बजाउने जिम्मेवारी वहन गर्ने जनजाति रहेको छ ।
नं.६ जुगिचा (परियार), घण्टाकर्ण गाथामोग चहेको दिनमा जात्राको लागि माहालिंग बाजा बजाउने जिमेवारी रहेको पाइन्छ ।
नं.७ नांयचा (शाही), विजया दशमीको खमे जात्रा बली दिने नायोखिङ बाजा बजाउने तथा रांगो बली दिने जनजाति पर्छ ।
नं. ८ बारेजू (शाक्य) देवगनलाई आवश्यक चादीका किष्टी च९ाउने चादीका जाय३ं३ला धुलाई गरी देवगनलाई भोजन चढाउने जनजाति पर्छ । साथै यस जात्रामा विभिन्न तिथिमिति लगायत नेवारी थप जनजातिमध्य केही सिमित सहभागी भई जिमेवारी वहन गर्ने मध्ये ः
न१ ं. मुस्याख्व जाति– खमे जात्रामा खमे समाउने साथै थिम बाजा मर्मतको लागि आर्थिक सहयोग गर्ने जिमेवारी वहन गर्ने ।
नं.२ न्हसुवाल– विजया दशमीको दिनमा मुकुण्डो हस्तान्तरण गर्ने वेलामा देवगनहरुलाई जलपान, (गुचु गुचु) गर्ने जिमेवारी निभाउने ।
नं.३ मगजु– देवगनहरुलाई आवश्यक कमलको फूल र पात सहयोग गर्ने ।
नंं.४ राजउपाध्याय – देवगनहरुको वेलविवाह, तिथिमितिको पूजाको लागि सरसल्लाह र सिजानकेगु (अन्तिम भोजन) खुवाउने जिमेवारी वहन गर्ने रहेको छ ।
अन्तमा यस संस्कृतिलाई निरन्तरता दिन प्रत्यक्ष या अप्रत्यक्ष सम्पूर्ण नेवारी जनजातिहरु, श्रदालु भक्तजनहरुको अपार सहयोगमा यस संस्कुति परापूर्वकालदेखि भक्तपुरको एतिहासिक धरोहरको रुपमा संर्र्र्र्र्र्रक्षण गरी हालसम्ममा पनि जात्रा संचालन गरिरहेको छ ।
(लेखक बनमाला नवदुर्गा देवगन जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका सल्लाहकार हुन् ।)