‘अचाक्ली महँगीले बाच्न गाह्रो बनायो’
भदौ २०, २०८१, बिहीबार | दिउँसो ०२:०३ बजे | 95
भक्तपुर । एक दर्जन केराको मूल्य दुई सय २० देखि दुई सय ५० सम्म चलिरहेको छ अहिले बजारमा, एकजना उपभोक्ताले विहीबार भक्तपुरमा भएको एउटा कार्यक्रममा दुःखेसो पोख्दै थिए, यस्तो अवस्थामा हामी कसरी वाँंच्ने सरकार ? राष्टिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्षसमेत रहेका मनोज थापाले भने, केराको मात्रै होइन, अहिले हरेक सामानको बजार मूल्यले आकाश छोएको छ ।
उनका अनुसार यतिवेला आलु, प्याज, चिनी, चामललगायतका खाद्यान्नले आकाश छोएको छ, उनले भने, भारतले निर्यातमा कडा गर्न थालेको भन्दै कलोबजारी पनि भएको छ । नेपाल प्रेस सोसाइटी भक्तपुरले अस्वभाविक मूल्यबृद्धि, कालोबजारी र बजार अनुगमन विषयमा गरेको साक्षात्कारमा उनले भने, कति ठाउँंमा कृतिम अभाव सृजना गरी व्यापारीले बढीबढी मूल्य पनि लिने गरेका छन् ।
कार्यक्रममा एकजना उपभोक्ता अधिवक्ता केदार अधिकारीले कानुन भए पनि कार्यान्वयन फितलो हुँंदा बजारमा महँंगीले कहिल्यै नछोडेको भन्दै दुःख व्यक्त गरे । उपभोक्ता संरक्षण ऐन २०७५ लागू भएको यति धेरै वर्ष हुँंदा पनि जनता महँंगी, कालोबजारीलगायतको मारमा निरन्तर पर्दै आएको उनको भनाई थियो । उनले सरकारले कानुन बनाउने मात्रै नभई त्यसलाई कार्यान्वयनमा पनि ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अव्दुल खानले दुरदर्शिताको अभाबमा जनताले यो समस्या झनझन झेल्दै जानुपर्ने निश्चित भएको बताए । जवसम्म आयातमा हामी भर पर्दै जान्छौं, उतिउति यो समस्या थप विकराल वन्ने निश्चित प्रायः छ, उनले भने, त्यसकारण यो समस्याको समाधान जरैबाट निकाल्ने हो भने निर्यातलाई निमित्यान पार्नुपर्छ ।
यसको लागि निर्यात अभियान चलाउनपर्ने उनको विचार हो । यसैका लागि बाँंझो खेतलाई उव्जनी बनाई आत्मनिर्भरतातर्फ अगाडि वढ्नुपर्ने उनको धारणा छ । जवसम्म हामी आयातलाई जोड दिंदैनौ, तवसम्म यो समस्या ज्यूका त्यू नै रहन्छ, उनले भने ।
कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले नियमित बजार अनुगमनको अभाबमा पनि जनता महँंगीको मारमा परिरहेको बताए । भक्तपुरमा चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिकाले मात्रै नियमित अनुगमन गरेको तर बाँंकी तीन वटा नगरपालिकाले नियमित अनुगमन गर्न नसकिरहेको जानकारी उनले गराए । यहीकारण भक्तपुरबाहेकका नगरबासी वढी पीडित भएको उनको ठम्याई थियो ।
कार्यक्रममा जिल्लाको चाँंगनारायण नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुरज पौडेलले नगरमा भइरहेको अनुगमनबारे जानकारी गराएका थिए । नगरपालिकाको उपभोक्ता हक अधिकार एक संक्षिप्त परिचयको ब्रोसर एकएकप्रति सवै सहभागीलाई वितरण गर्दै उनले नगरले उपभोक्ताको हितमा सकेको जति काम गरिरहेको जानकारी गराए । कार्यक्रममा आयोजक सोसाइटीका अध्यक्ष पत्रकार उपेन्द्र केसीको सभापतित्वमा भएको थियो ।