गपलीमा बजार अनुगमन ः म्याद नाघेको सामान नष्ट
भदौ २०, २०८१, बिहीबार | विहान ११:३५ बजे | 40
भक्तपुर, २० भाद्र । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशन मैया सुवालको नेतृत्वमा बिहिबार गपलीमा पसल अनुगमन गरियो ।
अनुगमनमा साख मार्ट नविकरण गर्न र म्याद नाघेको बिरेनुन १ पाकेट नष्ट गरियो । त्यस्तै मिनिसप नेपाल प्रा.लि. पसल नविकरण गर्न, म्याद नाघेको च्युरे निम साबुन १०३ वटा जफत गरी नष्ट गरियो । त्यस्तै एस.आ.स्टोरमा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो । त्यस्तै शुभारम्भ किनमेल घर स्पारटन पानी पुरी मसला ९ पाकेट र रोजबेरी मसला ठूलो ९ पाकेट र सानो ४ पाकेट जफत गरी नष्ट गरि ढक तराजु नविकरण गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापति बताउनु भयो । साथै उहा“ करिब १६ हजार रुपैंया बराबरको सामान जफत गरि नष्ट गरेको समेत बताउनुभयो ।
अनुगमनमा सदस्य ज्ञान बहादुर मानन्धर, श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका प्रभाष कुमार चालिसे, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, आन्तरिक राजश्व कार्यालय भक्तपुरका विनोद प्रसाद आचार्य, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका राजेश त्वानाबासूको सहभागी रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...