पुजीवादी व्यवस्था नीतिगत रुपमा नै कामदार वर्गलाई शोषण गरिने व्यवस्था
भदौ १६, २०८१, आइतबार | विहान ०३:२९ बजे | 75
भक्तपुर । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड भाद्र ९ लाई कालो दिनको रुपमा स्मरण गर्दै नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिको आयोजनामा विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाईले नेपाल क्रान्तिकारी मजदुर संघले हरेक क्षेत्रका मजदुरहरुलाई ट्रेडयुनियनवादमा मात्र सिमित नगरी समाजवादी व्यवस्थाको लागि क्रान्तिकारी परिवर्तन गर्न आ–आफनो क्षेत्रमा संगठित गरी अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
आजको वर्गीय समाजमा पु“जीपतिहरुले राज्यसता कब्जा गरी शोषक वर्गको पक्षमा ऐन कानून व्यवस्था गरी नीतिगत रुपमा नै कामदार वर्गलाई शोषण गरिने व्यवस्था भएको हु“दा यो पु“जीवादी व्यवस्थाकै विरुद्धमा हामी शोषित वर्ग यस्तै कार्यक्रमहरुको आयोजना गरी विश्वविद्यालय पढ्न नपाएका कामदार वर्गलाई प्रशिक्षित गर्नुपर्छ । अनुशासित संगठित कामदार वर्गलाई जुनसुकै कारखानामा काम गरेपनि पु“जीपति वर्गले शोषण गर्ने वातावरण नहुने भएकोले कामदार वर्ग आफनो लागि आफै सिक्ने चाहना राखी सधैभरि राष्ट्रिय अन्र्तराष्ट्रिय समाजवादी राजनैतिक व्यवस्थाको अध्ययन अन्र्तक्रिया गोष्ठी जस्ता कार्यक्रममा सक्रिय सहभागी भै सैद्धान्तिक रुपले परिपक्व हुन सकेमा शत्रुले २०४५ सालको भक्तपुर काण्ड जस्तो जुनसुकै षड्यन्त्र गरेपनि असफल पार्न सकिने बताउनु भयो । २०४५ सालको भक्तपुर काण्डमा विशेष गरी प्रतिगामी शिक्षकहरुले षड्यन्त्रमा सक्रिय भूमिका खेलेको इतिहास स्मरण गर्दै त्यसबेला राज्यको गिद्धे नजरमा नपरेका भक्तपुरमा अशिक्षित क्रान्तिकारी किसान तथा महिलाहरुको कानूूनी र गैरकानूनी संघर्ष गर्ने अदम्य साहसको कारण भक्तपुर काण्ड गर्ने षड्यन्त्रको २० महिनापछि जेलनेल दर्दनाक कष्ट झेलेर पनि पञ्चायती राज्य व्यवस्थालाई ढालेको बताउनु भयो । हामी अशिक्षित भएको कारण विरोधीहरुले विगतमा अत्यन्त हेलाहोचो सहनुपरेकोले त्यसको प्रतिकारमा हाम्रो पार्टीका श्रद्धय अध्यक्ष का.रोहितले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने योजना राखी अगाडी बढेको अवस्थामा पनि अहिले विश्वविद्यालयको सम्बन्धन दिन पनि आनाकानी गरेको बताउनु भयो । अहिले प्यालेस्टाईनका जनतालाई इजरायलले जातीय नरसंहार गरेको हु“दा संसारका न्यायप्रेमी जनताले विरोध गर्नुपर्ने बताउनुभयो । २०३५ सालमा भारतमा प्रवासमा रह“दा नेमकिपाका श्रद्धय अध्यक्षज्युलाई गोली हानी मार्न षड्यन्त्र गरेको, २०४१ साल पनि नेपालको पश्चिमाञ्चल क्षेत्रका जुम्ला हुम्ला कालीकोट दैलेख सुर्खेत जारकोट मुगु जिल्लामा नेमकिपाको संगठनलाई तहसनहस गर्न ११२ नेता कार्यकर्तालाई सरकारले पक्राउ गरेको स्मरण गर्दै विरोधीले सधै षड्यन्त्र गर्न सक्छ भन्ने कुरालाई मनन गरी सचेत र सजग हुन आग्रह गर्नुभयो । नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघका रुकेश कवांले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई नेपालको श्रम ऐन अनुसार पाउनुपर्ने न्युनतम सेवा सुविधाबाट बञ्चित गरेको अवस्था भएको हु“दा अनुशासित संगठित संघर्षविना हाम्रो रोजगारीको सुनिश्चिता नभएको बताउनुभयो । भक्तपुर सिकर्मी संघका पुण्यराम न्हुछेले सरकारले सिकर्मीहरुलाई काम गरीखाने वातावरण बनाउन नसकेको निम्न आय भएका नेपाली सिकर्मीहरुको उत्पादनलाई भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने मजदुर मार्ने नितिको कारण विदेशी फर्निचरका उत्पादन र मजदुरहरुले नेपाली उत्पादन र मजदुरहरुलाई विस्थापित गरेको हु“दा सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गरी वर्कपरमिट लागु पर्ने बताउनुभयो ।
आयोजक समितिका सभापति उपेन्द्र्र सुवालले नेमकिपाले माक्र्सवाद लेनिनवाद र माओत्सेतुड्ड विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगिकार गरी जनताको सेवामा निरन्तर अगाडी बढेको बताउनुहु“दै संसारका विभिन्न देशमा भएको मजदुर आन्दोलनहरुको इतिहास अध्ययन गरी आ–आफनो हक अधिकारलाई सुनिश्चित गर्न संघर्षशिल भावनालाई कायम राख्नुपर्ने बताउनु भयो । नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिका सचिव रमेश दुमरुले संञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक समितिका पञ्च रत्न सैंजुले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...