रास्वपा चाँगुनारायणको सभापतिमा रोशन थापा चुनिए
भदौ १५, २०८१, शनिबार | विहान ०७:२३ बजे | 80
भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) चाँंगुनारायण नगर समितिको सभापतिमा रोशन थापा चयन भएका छन् । पार्टी जिल्ला कमिटीको शनिबारको विस्तारित वैठकले थापालाई सभापति चयन गरेको हो । पेशाले थापा पत्रकार हुन् ।
बैठकमा पार्टीका केन्द्रीय उपसभापति, केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक, क्षेत्रीय समिति, नगर सिमिति, वडा समिति र भक्तपुर रास्वपाका प्रतिनिधिहरु सहभागी रहेका थिए । यसअघि पार्टीको नगर सभापतिमा नयन बास्तोला थिए ।
स्वास्थ्य अवस्थाका कारण नेतृत्वबाट तत्कालका लागि बास्तोला विदा भएका थिए । त्यस अवसरमा नवनिर्वाचित थापाले समतामूलक समाज निर्माण गर्ने यो लोकतान्त्रीक बिद्रोहलाई सफत बनाउन आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निभाउने प्रतिबद्धता जनाए । साथै उनले यो लोकतान्त्रिक बिद्रोहमा साथ दिन सबैलाई आहावान पनि गरे ।
फाेटाेमा हेर्नुहाेस्...