ग्लाडस्टोनमा एसक्युसीको नवौं सम्मेलन भव्यरुपमा सम्पन्न


भदौ १५, २०८१, शनिबार | विहान ०६:५९ बजे | 100


ग्लाडस्टोनमा एसक्युसीको नवौं सम्मेलन भव्यरुपमा सम्पन्न

सागर गुरागाईं
मध्यपुर थिमि । (भदौ १५ शनिबार) मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मिलरोड बोडेस्थित एसक्युसी(विद्यार्थी गुणस्तर चक्र) नेपालको नवौं भक्तपुर जिल्ला सम्मेलन सम्पन्न भयो । 
ग्लाडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाको सभापतित्वमा भएको उक्त सम्मेलनको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले एसक्युसी मार्फत विद्यार्थीहरुको शैक्षिक, सामाजिक, सांस्कृतिक, व्यक्तित्व एवं नेतृत्व विकास भइरहेको भन्दै कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 
प्रमुख अतिथि उपप्रमुख श्रेष्ठले मध्यपुर थिमि नपाले शिक्षाको गुणात्मक विकास र विस्तार मार्फत विद्यार्थीहरुको व्यक्तित्व विकास गराई राष्ट्रभक्ति जगाउन कार्यक्रमहरु ल्याउने र त्यस कार्यमा सम्पूर्ण शिक्षाकर्मीहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उपप्रमुख श्रेष्ठले विद्यार्थीहरुमा व्यवहारिक, राष्ट्रप्रेमको भावना जगाउँदै एसक्युसीका ७ मन्त्रहरुलाई व्यवहारमा अक्षरस लागु गर्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नपा वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, एसक्युसी नेपालका वरिष्ठ उपाध्यक्ष नारद रिजाल, प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले विद्यार्थीहरुमा देखिएको समस्याको स्थलगत पहिचान र समाधान खोज्ने प्रयोगात्मक अभ्यासको रुपमा रहेको एसक्युसीमा सहभागी विद्यार्थीहरुको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल हुने र प्रतिस्पर्धी नागरिक तयार गर्न सहयोगी हुने भन्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका सभापति विनोद कुमार कोइरालाले एसक्युसीको परिचय, प्रयोग, महत्व र प्रतिफलबारे जानकारी दिदैं व्यक्तिमा करुणा, सम्मान, स्वास्थ्य र शिक्षाको गुणात्मक विकास गर्दै समस्याहरुको सुक्ष्म पहिचान गरि समाधान गर्न एसक्युसीले सहयोग गरिरहेको धारणा व्यक्त गर्नुभयो । प्रधानाध्यापक कोइरालाले जिवनको लक्ष्य प्राप्त गर्न सामुहिक रुपमा लाग्दा जीवन सरस, सरल अनि अरुका लागि पनि प्रेरणादायि हुने धारणा राख्नु भयो । ग्लाडस्टोन एकेडेमीकी छात्रा निम्ता भ¤राईले सञ्चालन गर्नुभएको उक्त उद्घाटन कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै उक्त सम्मेलनकी संयोजक विनिता प्रजापतिले कार्यक्रममा भक्तपुर जिल्लाका १६ विद्यालयका ३ सय १५ विद्यार्थीहरु सहभागी भएको जानकारी दिनुभयो । संयोजक प्रजापतिले समूह छलफल, समूह खेल, फोटोग्राफी, योगा, आर्टिकल रिभ्यू, स्टोन आर्ट, स्टोरी पर्फाेमेसन लगायतका विधामा विद्यार्थीहरुलाई समूह विभाजन गरी कार्यशाला गरिएको जानकारी दिनुभयो । ग्लाडस्टोन एकेडेमीकी एसक्यूसी संयोजक समेत रहेकी प्रजापतिले एसक्युसीमा सहभागी विद्यार्थीहरुको शैक्षिक, सामाजिक, सांस्कृतिक एवं व्यक्तित्व र नेतृत्व विकास प्रभावकारी भइरहेको अनुभव सुनाउनु भयो । उक्त सम्मेलनमा एसक्युसी नेपालका केन्द्रीय महासचिव सिंह लामा लगायतका प्रशिक्षकहरुले विद्यार्थीहरुलाई विभिन्न प्रश्न सोध्नु भएको थियो । समूहमा रहेका विद्यार्थीहरुले निर्धक्ताका साथ एसक्युसीमा सहभागी भएपछि आफ्नो स्मरण शक्ति बढेको अनि व्यक्तित्व र नेतृत्व क्षमतामा निखार्ता आएको अनुभव सहित आआफ्नो क्षमता प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा ग्लाडस्टोन एकेडेमीबाट एसक्यूसीमा प्रत्यक्ष सहभागी ९० जना विद्यार्थीहरु मध्ये धेरै विद्यार्थीहरुले एसक्युसी गान, नवदुर्गा नृत्य आदि मार्फत उपस्थित दर्शकस्रोताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । भाद्र १५ गते ग्लाडस्टोन एकेडेमीको परिसरमा भएको उक्त कार्यक्रम मार्फत विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्दै किताबी ज्ञानका साथै दैनिक जीवनमा आइपर्ने समस्याको सुक्षम पहिचान गरेर त्यसको समाधान गर्ने विधिहरुपनि सिकेको ग्लाडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताउनु भयो ।  

Comments