सकियो एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षण


भदौ १५, २०८१, शनिबार | विहान ०६:१४ बजे | 80


सकियो एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षण

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा तथा बागमती प्रदेश साँसद सुरेन्द्रराज गोसाईको प्रमुख आतित्यथामा अनिवार्य शिक्षा शिविर र एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षणको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो । 
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश साँसद सुरेन्द्र राज गोसाईंले सहकारी संस्थाहरु आर्थिक कारोवारमा मात्र सिमित नरहि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय रहनुपर्ने सुझाव दिनुभयो । हाल समाजमा मानसिक रोग तथा अन्य रोगहरु बढि रहेको प्रति चिन्त व्यक्त गर्नुहँुदै उहाँले सहकारी संस्थामा कारोवार गर्न आएका सदस्यहरुको टौल र रक्तचाप परिक्षण गर्ने व्यवस्था गरी सदस्यहरुको स्वास्थ बारे आवश्यक सल्लाह दिनुपर्नेमा जोडदिनुुभयो । उहाँले पत्रु खानपिनका कारण बालबालिकामा दन्त तथा अन्य स्वास्थ्य समस्याहरु बढ्दै गएको बताउदै संस्थालाई आफुले सञ्चालन गर्दै आएको सिद्धि गणेश स्वास्थ्य क्लिनिकमा रहेको सेवाहरुको व्यापक प्रचार गर्न सल्लाह दिनुभयो । 
उहाँले धनले भन्दा मनले धनी हुनुपर्ने विषय औल्याउँदै व्यक्तिगत प्रगती गर्ने क्रममा समुदायको पनि प्रगती गर्दै जानुपर्ने बताउनुभयो । असल बानी व्यहोरा पैसाले किन्न सकिदैन, समाजलाई जोगाउँदा हामी आफै जोगिन्छौ, उहाँले भन्नुभयो ।
साँसद गोसाईले भाषण कला भन्दा पनि अभिव्यक्ति क्षमता अभिबृद्धि गर्नुपर्ने भन्नुहुँदै अभिव्यक्ति क्षेमता बृद्धि गर्न राम्रो श्रोता बन्नुपर्ने र निरन्तर अध्ययन गर्दै जानुपर्ने बताउनुभयो । 
कार्यक्रमका अतिथि संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले उहाँले संस्था व्यक्तिले होइन नीतिले सञ्चालन गर्नुपर्ने भन्नुहुँदै पारदर्शी नभएका र सुशासनमा नचलेका सहकारी संस्थाहरु मात्रै समस्यामा परेको बताउनुभयोे । उहाँले सदस्यहरुले आफ्नो अधिकार मात्र मागि उत्तरदायित्व पुरा नगर्दा पनि संस्था समस्यामा पर्ने बताउनुभयो ।
उहाँले नेपालमा धेरै पहिले देखि नै गुठ्ठी, धर्म भकारी र पर्मका रुपमा सहकारीता सुरु भएको तर लिपिबद्ध रुपामा बेलायतबाट सुरु भएको जानकारी दिनुभयो । उहाँले सिद्धि गणेश साकोसको मुल उदेश्य सदस्यहरुको अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी बिकास गर्ने रहेको बताउनुभयो । उहाँले सदस्यहरुको सिप र क्षमता विकास गर्न संस्थाले विभिन्न सिपमूलक तालिमहरु निरन्तर सञ्चालन गर्दै आएको साथै सास्कृतिक बाजाको संरक्षण गर्न विभिन्न बाद्य बादन बजाउने तालिम पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो  ।
कार्यक्रममा एकहप्ते उद्घोषण तथा भाषण कला तालिमका प्रशिक्षक रविन्द्र प्रसाद कुसीले बोल्नेको पिठो पनि बिक्ने नबोल्नेको चामल पनि नबिक्ने उख्खानको उद्धारण दिनुहुँदै बोल्ने क्षमताको महत्व बारे चर्चा गर्नुभयो । उहाँले उद्घोषण तथा भाषण कलाका लागि सैद्धान्तिक र व्यवहारी ज्ञानको आवश्यकता रहने प्रस्त पार्नुहुँदै सो कला बिकास गर्दा समाजमा सफल बन्न सक्ने बताउनुभयो ।
उहाँले नकारात्मक सोच भरिएको ठाँउमा सकारात्मक सोचले अँध्यारो कोठामा बट्टी बाली प्रकाश पारे जस्तै प्रकाश पारी सोच बदल्दै जानुपर्ने बताउनुभयो । नबलेको दियो बाल्न पनि जलेको दियोको आवश्यकता हुन्छ भनेझैं आफुले नजानेको कुरा सिक्न जान्ने व्यक्तिहरुको आवश्यकता हुन्छ, उहाँले भन्नुभयो । प्रशिक्षक कुसीले सिप विकास गर्न विभिन्न तालिमको आवश्यकता रहने औल्याउँदै सिद्धि गणेश संस्थाबाट निरन्तर सिपमूलक तालिम आयोजना हुँदै जाने आशा व्यक्त गर्नुभयो ।    
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमि र क्रियाकलापहरुको जानकारी दिनुहुँदै झुटो ख्यातिका लागि मात्र सेवा सुविधाको प्रचार गर्नु भन्दा सदस्यको विश्वास जित्न संस्था पारदर्शी बन्नुपर्नेमा जोड दिनुभयोे । उहाँले सिकाईलाई व्यवहारमा लागु नगरे सिकाईको कुनै औचित्य नरहने बताउँदै कुनै पनि तालिममा समावेश हुदाँ सिकेका ज्ञान अरुलाई सिकाउन सक्षम हुनुपर्ने भन्नुभयो ।
कार्यक्रममा उपसमितिका सदस्य रामहरि ताम्राकार, प्रशिक्षणका प्रशिक्षर्थी जमुना बाइजु, राज सैंजु, राज्य लक्ष्मी न्याइच्याई र विजय सुवालले पनि बोल्नुभएको थियो ।   

फाेटाेमा हेर्नुहाेस्...

सकियो एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षण
सकियो एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षण

Comments