भक्तपुरका वडा अध्यक्षहरु राजा जस्ता भए, मेयर चाहिं महाराजा जस्ता
भदौ १४, २०८१, शुक्रबार | दिउँसो ०१:४० बजे | 75
भक्तपुर । भक्तपुरका जनताले जिल्लाका वडा अध्यक्षहरु राजा जस्तै सवै मै हुँ भन्ने भएको आरोप लगाएका छन् । नेपाल प्रेस सोसाइटीले शुक्रबार जग्गा प्लटिंग प्रभाब विषयमा गरेको साक्षात्कारमा सहभागी सर्वसाधारणहरुले वडा अध्यक्षहरुमा मै जानेको, मै बुझेको, मैले भनेकै हुनुपर्छ भन्ने दम्भ वढेको आरोप लगाएका हुन् ।
कार्यक्रममा सहभागी सूर्यविनायक, चाँंगुनारायण नगरबासीहरुले आफूहरुको वडा अध्यक्षहरु त्यस्तो भएका बताएका हुन् । कार्यक्रममा भक्तपुरको देको मिवा जग्गा एकीकरण आयोजना पीडितहरुको पनि उल्लेख्य सहभागी थिए । उनीहरुले तपाईहरुको वडा अध्यक्षहरु राजा जस्तै भएको बेला हाम्रा जनप्रतिनिधिहरु भने महाराजा जस्ता भएको आरोप लगाए । आफूहरुको पीडाबारे कुनै सुनुवाई नभएको भन्दै उनीहरुले दुःख व्यक्त गरे ।
कार्यक्रममा भक्तपुरमा प्लटिंगको प्रभावकोबारेमा छलफल भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्णकुमार महर्जनले जिल्लामा अनिन्त्रित रुपमा अवैध प्लटिंगहरु भइरहेको जानकारी गराए ।