राष्ट्रपतिलाई लासिवाको स्वागत ः मेयर उपमेयर अनुपस्थित
भदौ १४, २०८१, शुक्रबार | विहान ०८:२० बजे | 25
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । महिनाको एक दिन सार्वजनिकस्थलमा पुग्ने कार्यक्रम अन्तर्गत आज राष्ट्रपति पौडेल दरबार स्क्वायर क्षेत्र पुगेका हुन ।
सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने भनिए पनि त्यस्तो कार्यक्रम हुन पाएन । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीयबासी र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए । उनलाई भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले स्वागत गरे । साथै उनलाई उनैले दरवारको अवलोकन भ्रमण गराए । उनको स्वागतमा भक्तपुर नगरपालिकाका मेयर, उपमेयर दुवै अनुपस्थित रहे । बरु केही कांग्रेस नेताहरु उपस्थित देखिए ।
उपस्थिति हिसावले पनि संख्या निकै सानो थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी, केही कार्यालयका प्रमुख र केही सुरक्षाकर्मीहरु मात्रै थिए । यसअघि पूर्व राजा ज्ञानेन्द्र भक्तपुर पुग्दा ठूलो मात्रामा जनता उपस्थित थिए ।
राष्ट्रपति पौडेलले दरबारस्वायर, राष्ट्रिय कला संग्राहलय, पुरात्वातिक क्षेत्र, पाँचतले मन्दिर र भैरबनाथको मन्दिर पुगेर दर्शन गरेका थिए । करिब २ घण्टा उनले सम्पदा क्षेत्रको अवलोकन गरेका थिए । ११ बजे भक्तपुर पुगेका उनी पौने १ बजे फर्केका थिए ।
फाेटाेमा हेर्नुहाेस्...