नासमनामा चौठौं चरणको भजन कार्यक्रम सुसम्पन्न


भदौ १४, २०८१, शुक्रबार | विहान ०७:५३ बजे | 45


नासमनामा चौठौं चरणको भजन कार्यक्रम सुसम्पन्न

भक्तपुर । श्री श्यामसुन्दर रास भजन मण्डल, नासमना टोल, भक्तपुरले यस २०८१ सालको चतुर्मासभरी श्री हरिशयनी एकादशीदेखि प्रत्येक एकादशीको दिन भक्तपुरका विभिन्न भजन मण्डलहरुलाई आमन्त्रण गरी सङ्गीतमय भजन कार्यक्रम सञ्चालन गरी आएको छ । यसै क्रममा यही भाद्र १३ गते चौठौं चरणको भजन कार्यक्रम श्री बाल्मिकेश्वर, कृष्ण भजन मण्डल, हनुमानघाटलाई आमन्त्रण गरी यस प्रकारको कार्यक्रम सञ्चालन गरेको हो ।
भजन एक आध्यात्मिक, धार्मिक क्रियाकलाप हुनुको साथै सङ्गीत, कला,संस्कृतिको द्योतक पनि मानिन्छ । उक्त कार्यक्रममा ५० जना भक्तजन श्रोताहरुको उपस्थिति थियो । उक्त भजन मण्डलका प्रमुख भजन गायिका श्रीमती सानुबैनी पलिखेलज्यूलाई आयोजक भजन मण्डलको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments