सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४


भदौ १४, २०८१, शुक्रबार | विहान ०४:३२ बजे | 60


सृजना प्रजापति
शहरी विकासका लागि भौगोलिक स्वरूप पहिचान गर्न विभिन्न मापदण्ड÷विनियमहरु बनाउन सकिन्छ। सबैभन्दा पहिले भू–उपयोग क्षेत्र उपक्षेत्र छुट्याउनु पर्ने हुन्छ । किनकी फरक क्षेत्रमा फरक नियम लागू गर्नुपर्ने हुनसक्छ। यसो नगरिएमा सूर्यविनायक नगरपालिका र अन्य नगरपालिकाको भौगोलिक÷भौतिक स्वरूपमा अपनत्व छुट्याउन गाह्रो हुन्छ। पछि गएर भवनको स्वरूपले पहिचान दिने खालका बस्ति र अन्य पहिचान नदिने (न्भलभचब)ि साधारण भेग छुट्याउने कुनै आधार बाँकि रहँदैन। आधुनिकताले प्राकृतिक स्वरूप दिने बस्तिलाई छोप्ने खतरा रहन्छ। त्यसकारण आधुनिक हिसाबले तिव्र बस्ति विस्तार हुने क्षेत्र र पुरानो पहिचान सहितको क्षेत्र छुट्याएर भू–उपयोग क्षेत्र विभाजन गर्नुपर्छ।
[[img2]]
क्षेत्र विभाजन
भौगोलिक स्वरूप संरक्षणका लागि दुइ किसिमको क्षेत्र विभाजन गर्न सकिन्छ। अन्य व्यापारिक, औद्योगिक, आधुनिक आवास भन्दा बाहेकका यी विभाजनहरू हुन्। यो विभाजनले विकासलाई नियन्त्रित गर्नुका साथै साविकका भौगोलिक स्वरूप संरक्षणलाई पनि सहयोग पु¥याउँछ। ति दुई क्षेत्रहरुमा पहिलो प्राकृतिक स्वरूप संरक्षण क्षेत्र र दोस्रो ग्रामिण बस्ति संरक्षण क्षेत्र हुन सक्छ।

१. प्राकृतिक स्वरूप संरक्षण क्षेत्र
माथि ब्याख्या गरे जस्तै सूर्यविनायक नगरपालिकाको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै प्राकृतिक स्वरूप संरक्षण हो। माथि भने जस्तै सूर्यविनायक नगरपालिकाका अधिकांश भू–भाग जंगल, पहाड, खोल्सा र पर्ति जग्गाले घेरेको छ । यी सूर्यविनायक नगरपालिकाको मात्र नभई देशकै सम्पत्ति हुन्।
जंगल र खोल्साको स्पष्ट मापदण्डहरु छुट्याइनु पर्छ। खोल्सामा कति वर्ष देखि कतिको अधिकतम पानिको बहाव छ भनि अध्ययन गरेर सेटब्याक छुट्याउनुपर्छ। ति सेटब्याकमा स्थाई संरचनाहरू निषेध गरिनुपर्छ। यस्तो स्थानमा हरियाली पार्कहरु बनाइनुपर्छ। जंगल र खुल्ला स्थान संरक्षणका निम्ति स्थानियहरुलाई नै उपभोक्ता समितिहरू बनाई जिम्मा दिइनुपर्छ।
कृषियोग्य जमिन पनि कुनै तरिकाबाट संरक्षण गर्नुपर्छ। जसको लागि सिमा नै छुट्याउन त सम्भव नहुन सक्छ। किनकि माथि भनेजस्तै निजी सम्पत्तिमा यो निकै कठिन काम हुन सक्छ। तर पनि कृषि तथा पशुपालन, घरेलु उद्योग सम्बन्धि नयाँ नयाँ कार्ययोजनाहरू ल्याएर कृषियोग्य क्षेत्रमा संरचना निर्माणलाई निरुत्साहित गर्न सकिन्छ।
[[img3]]

२. ग्रामिण बस्ति संरक्षण क्षेत्र
प्राकृतिक स्वरूप संरक्षणमा ग्रामिण बस्ति संरक्षण महत्वपूर्ण हुन्छ। आधुनिकताले छोप्नु÷मास्नु अघि तिनिहरुलाई संरक्षण गरिनुपर्छ। यी संरचनाहरूमा स्थानिय श्रोत सामग्री प्रयोग हुनुका साथै प्रकृतिसँग ति एकाकार रूपमा पनि देखिन्छन्। यी बस्तिहरुमा शहरी आधुनिकताबाट फरक देखाउन पुरानो घरका उचाइलाई विशेष ध्यान दिनुपर्छ। वरपरका पुराना बस्ति जुन तरिका बाट देखिन्छन्, ति सँग मिल्ने गरि तल्ला र उचाइलाई प्रोत्साहन गरिनुपर्छ। धेरै अग्लो तथा भद्दा भवनले ग्रामिण स्वरूपको सुन्दरतालाई बिगार्छ। उदाहरणको रूपमा कुखुरा पालनकोलागि बनाइएको तथा लगाएत अग्लो भवनहरुलाई लिन सकिन्छ। ति भवनले धेरै टाढा देखि नै सूर्यविनायक नगरपालिकाकोे दृष्यलाई प्रदुषित पारेको छ। 
यी क्षेत्रलाई पनि तिन उपक्षेत्रमा विभाजन गर्न सकिन्छ।
२.१ ग्रामिण सम्पदा संरक्षण उपक्षेत्र
२.२ ग्रामिण बस्ति उपक्षेत्र
२.३ सन्निकट उपक्षेत्र

[[img4]]
२.१ ग्रामिण सम्पदा संरक्षण उपक्षेत्र
यो उपक्षेत्र अन्तरगत, ति बस्ति पर्छन् जुन अझैपनि प्रकृतिसँग मिलेको (एकाकार) देखिन्छ। जसमा बस्तिको छुट्टै पहिचान र गुणस्तर कायम छ । साथै स्थानिय स्रोत, सामग्री तथा सिपले बनेको भनि प्रमाणित गर्छ। यसमा चित्रपुर, नखेलको दाछि टोचा, कटुञ्जेका केहि भेग र देउजा गाउँ पर्न सक्छ। यीनिहरू बस्ति हेरि यस्ता निदेर्शिका बनाउन सकिन्छ। तिनलाई पनि तिन तरिकाबाट विभाजन गर्न सकिन्छ। पहिलो साविक भवनको मर्मत संभार तथा संरक्षण, दोस्रो साविक भवन पुनःनिर्माण र तेस्रो नयाँ भवन निर्माण । 
यस क्षेत्रलाई बचाउन लागु गर्न सकिने नंखेल, दाचि टोचाको कार्नेसको लागि केहि नमूना मापदण्डहरु यसप्रकार छन्।
→ खुल्ला ठाउँ र सम्पदा
साविक पर्ति जग्गा र सम्पदा, पहिचान र संरक्षण गरिनुपर्छ। निजी होस् वा साझा, चोक वा ढुङ्गेधारा÷कुवा वा मन्दिर वा पाटिहरु मासिन दिनु हुदैंन। पुनः निर्माण गर्नुपरेमा समेत आँगन वा पालिहरू फेरि जस्ताको तस्तै बाँकि गराउनुपर्छ।
→ ग्राउण्ड कभरेज
यस क्षेत्रमा जग्गामा बढीमा साठी प्रतिशत जग्गाको वा साविक भवनको शत प्रतिशत मात्र कभरेज गराउनु उपयुक्त हुन्छ।
→ सेट ब्याक
साबिक भवनहरु पुन निर्माणलाई पुरानै घर लाइनमा बनाउने सुविधा दिनुपर्छ। उत्तर र पश्चिम फर्किएका घरलाई कम मात्र (५’) छोड्न लगाउनु पर्छ। दक्षिण र पूर्व मोहडातर्फ बाँकि चालिस प्रतिशत छोड्न लगाउनु पर्छ। झ्याल ढोकाको लागि पाँच फिट अनिवार्य छोड्नु उपयुक्त हुन्छ ।
→ मोहडाको चौडाइ 
कम्तिमा पनि पुरानो भवनको चौडाई जति छ, घटाउन पाइने छैन। 
→ भवनको उचाई
भवनको उचाई साविक भन्दा बढाउन पाइने छैन । भवनको चौडाइ र उचाईको निश्चित अनुपात भन्दा बढाउन नपाइने नियम पनि लगाउन सकिन्छ।
→ भ¥याङ्ग 
साविक भवनको भन्दा चौडाई घटाउन नपाइने। केहि सहज बनाउन खुड्किलाको चौडाई बढाई उचाई घटाउन सकिन्छ।

→ कार्नेस
केहि भवनहरूको नमूना अध्ययन गरि त्यो सँग मिल्ने खालको कार्नेस वा अन्य बुट्टाहरुलाई प्रोत्साहन गरिनु पर्छ । 
→ झ्याल, ढोका र भेन्टिलेसन 
पुराना भवनहरूको अध्ययन गरि सोहि अनुपाटका झ्याल÷ढोका बनाउन प्रोत्साहित गर्ने। त्यस्तै एक वा तिन कबल वरपरका भवन सँग मिल्ने खालको राख्ने। झ्यालका कोटाहरू र स्वरूप पनि सकेसम्म पुरानो सँग मिलाउने। 
→ छाना
अगाडी देखिने मोहडामा अनिवार्य झिंगटी छाना हाल्न लगाउनु पर्छ । यदि कौसि चाहिएमा छेकिने गरि डिजाइन गर्नुपर्छ। छानामा अनिवार्य माटोको झिंगटी हाल्नु पर्छ। साविक भवनको स्लेपको कोण (बलनभि) मिलाउनु पर्छ। आधुनिक साधन जस्तै, पानी ट्याङ्की, कुलर, डिस्क एन्टेना नदेखिने गरि राख्नुुपर्छ ।
यी केहि नमूना मात्र हुन्। यी जस्तै अन्य पेटीको उचाई÷चौडाई, बाहिरी आवरण, पालिको डिजाइन आदिको विस्तृत मापदण्ड बनाइनु पर्छ।
२.२ ग्रामिण बस्ति उपक्षेत्र
यो उपक्षेत्र अन्तरगत यस्ता बस्ति पर्न सक्छन्, ,जसमा बस्तिको पहिचान सहितका विशेषताहरू नहुन सक्छ। तर ग्रामिण परिवेश र केहि स्थानिय निर्माण सामग्रीबाट बनेका घरहरु बाँकि छन्।
यस उपक्षेत्रमा माथिको क्षेत्रको जस्तै मापदण्डहरू नै लागू गर्न सकिन्छ । मात्र भित्र नदेखिने गरि केहि आवश्यक सुविधाहरू दिन सकिन्छ । तर बाहिर देखिने आवरण, छाना, कभरेजहरू भने सम्पदा क्षेत्रकै जस्तो हुनुपर्छ। भवनको उचाई र निर्माण सामग्री प्रयोगमा केहि छुट दिन सकिन्छ।
२.३ सन्निकट उपक्षेत्र
यो उपक्षेत्र ग्रामीण सम्पदा उपक्षेत्र र ग्रामीण बस्ति उपक्षेत्रको वरपर÷घेरिएको ठाउँमा पर्छ । यो उपक्षेत्र माथिका दुवै उपक्षेत्रको स्परूप संग मिल्दोजुल्दो देखिनुपर्छ। निर्माण सामग्री, उचाई र तल्लामा लचकता अपनाउन सकिन्छ। बाहिरी स्वरूप र स्लोप छानाको नियम भने अन्य उपक्षेत्रमा जस्तै बनाउनै पर्छ। जसले गर्दा वरपरको बस्ति र प्राकृतिक स्वरूप सँग मेल खाएको अनुभव हुन्छ। तर निम्न बुँदामा केहि परिवर्तन गर्न सकिन्छ।
→ ग्राउण्ड कभरेज 
यस उपक्षेत्रमा अलिकति लचकता अपनाई बढी कभरेज दिन सकिन्छ। यस उपक्षेत्रमा सत्तरी प्रतिशत कभरेज दिन सकिन्छ ।






→ भवनको उचाई 
भवनको उचाई केहि बढाउन सकिन्छ।
→ झ्याल, ढोका र भेन्टिलेसन 
झ्याल ढोका आवश्यकता अनुसार राख्न सकिन्छ ।
→ अधिकतम तल्ला 
यो उपक्षेत्रमा तिन देखि चार तल्ला र बुइँगल समेत थप्न सकिने सुविधा दिन सकिन्छ । 

यी केहि नमूना क्षेत्र÷उपक्षेत्र विभाजन र भवनका मापदण्डका कुराहरु हुन्। विशेष गरि भौगोलिक स्वरूप संरक्षणका निम्ति मात्र हुन् । अन्य आवासिय क्षेत्र, व्यापारिक क्षेत्र, औद्योगिक क्षेत्र, संघ÷संस्था आदिका थप मापदण्डहरु बनाउनु पर्छ। जसमा बाटो, खानेपानी, ढल निकास, ढल निकास व्यवस्थापन, बिजुली, विपत व्यवस्थापन, सर्भिस सेन्टरहरू भौतिक इन्फ्रास्ट्रक्चर अन्तरगत पर्छन् । त्यस्तै सामाजिक संरचनामा शैक्षिक संस्था व्यवस्थापन, स्वास्थ्य संस्था, खुल्ला क्षेत्रको व्यवस्थापन, पुस्तकालय, अगलागी नियन्त्रण यन्त्रहरु, घाटको व्यवस्थापन, संग्राहालय, वृद्वाश्रम, अनाथाश्रम, अशक्तहरुको छुट्टै विद्यालय, पोलिस स्टेसन र विज्ञान तथा अनुसन्धान केन्द्रहरू पर्दछन्। त्यस्तै आर्थिक संरचनाहरुमा सम्मेलन केन्द्र, खेलकुद कम्प्लेक्सहरु, श्रव्य दृश्य हल, नातक घर, तरकारी बजार, पार्किङ्ग, इन्धनको व्यवस्था, सार्वजनिक यातायातको सुविधा आदि पर्दछन्। एउटा सुसंस्कृत÷सभ्य र बस्नयोग्य शहर बन्नको लागि यी सम्पूर्ण व्यवस्थाहरू देशको शहरी विभागहरूको मापदण्ड अनुसार सहज र सरल ढंगबाट पुग्न जरुरी छ ।
नोट
सन्दर्भ सामग्री
प्रजापति, सृजनास बज्राचार्य, अमितस श्रेष्ठ, रिकेशस लामा, मिन ब.। वि.सं.२०७५। रुलर ल्याण्डस्केप कन्जरभेसन प्रोजेक्ट अफ सूर्यविनायक म्युनिसिप्यालिटी। अप्रकाशित रिपोर्त । भक्तपुरस् ख्वप इन्जिनियरिङ्ग कलेज ।
जततउकस्ररभल।धष्पष्उभमष्ब।यचनरधष्पष्रक्गचथबदष्लबथबप)ःगलष्अष्उबष्तिथ
पुनश्च स् लेखिका मेथड कन्सल्टेन्सी, भक्तपुरमा २०६४ साल देखि आवद्ध छिन्। हाल उनी मेथड कन्सल्टेन्सीमा प्रोप्राइटर हुन्। उनले स्नातक आर्किटेक्चर (२०७२ सालमा सम्पन्न) बिषयमा र स्नातकोतर अर्वान डिजाइन एण्ड कन्जरभेसन (२०७६ सालमा सम्पन्न) बिषयमा गरेकी हुन्। उनि मेथड कन्सल्टेन्सीका बिभिन्न जन चेतना तथा अनुसन्धान मूलक कार्यमा समेत संग्लन रहदैं आएकि छिन्।

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४
सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४
सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४
सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४
सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४
सूर्यविनायक नगरपालिकाको भौगोलिक स्वरुप संरक्षण ४

Comments