लामा समुदायको पैरवीमा करानी
भदौ १३, २०८१, बिहीबार | दिउँसो १२:११ बजे | 85
खड्क सुनार
मुगु जिल्लामा रहेको एक गैर सरकारी संस्था करानी सामुदायिक विकास केन्द्र मुगुको बार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
वर्ष भरि गरेका काम , प्रगति , चुनौतिका विषयमा जानकारी दिदै संस्थाले सोमवार आफ्नो स्थापना दिवस अर्थात वार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको दिवसमा जम्मा करिब १ करोड बरावरको बजेटमा संस्थाले गरेको काम , प्रगतिको बारेमा जानकारी गराईएको थियो ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाई बिगत दुई दशक भन्दा बढि लामो समय सम्म काम गर्दे आएको यस संस्थाले बर्ष भरी गरेका प्रगतीहरुको सार्वजानिक गर्दे साधारण सभा सम्पन्न गरेको करानी सामुदायिक विकास केन्द्र नेपाल मुगुले जनाएको छ ।
कार्यालयले पालिका सँग समन्वय , सहकार्य , सद्धभाव कायम राख्दै शिक्षा , स्वास्थ्य , विकास निर्माण लगायत नागरिकहरु सँग पैरवी , बालक्लव , महिला समुह लगायत विभिन्न समुह संगठन गरेर हातेमालो गर्दे आईरहेको छ ।
संस्थाले यहाका दलित , विपन्न , गरिब असहाय बिशेष गरेर लामा समुदायका नागरिकहरुको जिविकोवार्जन तथा नाफा मुलक र पैरवि गर्दे आई रहेको छ । शिक्षा , स्वास्थ्य जस्ता गहन विषय लाई आत्म साथ गर्दै करानी सामुदायिक विकास केन्द्रले मुगुम कार्मारोङ्ग गाउँपालिकाका वडाहरुमा पैरवि गर्दे आईरहेको संस्थाले जनाएको छ ।
आर्थिक वर्ष २०८०।०८१ मा गरेका प्रगति बारे जानकारी गराईएको करानी सामुदायिक संस्था केसिडिसि मुगुका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए । उनका अनुसार यस संस्थाले शिक्षा , स्वास्थ्य लाई मध्येनजर गर्दे मुगु जिल्लाको प्रमुख आयश्रोत कृषि लाई पनि लिएको जानकारी दिए ।
यस बर्षमा लागु भएका मुगु एकिकृत परियोजनामा १ करोड ७९ लाख ६८ हजार ७ सय ७ रुपैयाको लागतमा यस पालिकामा रहेका बिद्यालयहरुमा शैक्षिक सामग्री सहयोग , भौतिक संरचना , स्वास्थ्य महिला शसक्तिकरण आय आर्जन कृषि , सिलाई बुनाई जस्ता कार्यक्रम थालनी गरिएको संयोजक बुढाले बताए । उनका अनुसार यति मात्र नभई अर्को बहु भाषिक शिक्षा परियोजना पनि लागु गरिएको जनाए ।
यसमा बिशेष गरेर यु.एम.एन मुगु कलष्टरको आर्थिक सहयोगमा र करानी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा कर्णाली प्रदेशकै मुगु जिल्लामा पहिलो पटक स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमको निर्माण गरिएको जानकारी गराए ।
यस परियोजनामा यहाँका विद्यार्थी , विद्यालय लाई ठुलो टेवा पुगेको छ । अहिले कक्षा १ मा यो कार्यक्रम थालनी गरेर पठनपाठन सुरु भएको र अब कक्षा २ र ३ को लागि पाठ्यपुस्तक , पाठ्यक्रम निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।
यस परियोजनामा १३ लाख १० हजार ८ सय ९८ रुपैयाको लागतमा बहु भाषिक शिक्षा परियोजना सञ्चालन भएको उनको भनाई छ । जम्मा १ करोड ९२ लाख ७९ हजार ६ सय ५ रुपैँयाको लागतमा यि दुबै परियोजना सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
यि परियोजनाहरुले बिशेष गरेर कृषि क्षेत्र लाई माथि उकास्न यहा उत्पादन हुने विभिन्न प्रकारका रैथाने बालि , अर्गानिक उत्पादन लाई उत्पादक्त्व बढाउन र कृषि कर्म बाटै जिविकोपार्जन गर्ने हेतुले पछिल्लो समय लामा समुदायका नागरिकहरु पनि तरकारी खेति तर्फ आकर्षित भई मनग्य आम्दानि गरेको बुढाले जानकारी दिए ।
तरकारी खेति गर्दे उनीहरुले आफ्नो घर खर्च परिवार , छोराछोरीहरु लाई पठनपाठनमा उत्तिकै टेवा पुगेको बताए । यति मात्र नभई कार्मारोङ्ग गाउपालिकाका नागरिकहरु लाई अझै सहि मार्गमा र विकासका हिसावले संस्थाले महत्पुर्ण भुमिका खेलि रहेको र अझै खेल्नु पर्ने यु.एम.एन कलष्टर मुगुका तुलाराम धमलाले बताए ।
लामा समुदायका नागरिकहरु लाई जिविकोपार्जन मात्र नभई सामान्य आफ्नो बोलिको विकास , आफ्ना हक अधिकार पैरवि गर्न सक्षम बनाएको र अझै शसक्त ढंगले अगाडी बढ्न संस्था र नागरिक लाई सुझाव दिए