विनायकमा श्रीकृष्ण जन्माष्टमी मनाइयो
2024-08-26 12:14:30
संस्कृति संस्कार निर्माणको आधार स्तम्भ हो। शिक्षा, संस्कृति र संस्कारको मेलबाट अनुशासित, नैतिकवान र जिम्मेवार नागरिक तयार गर्न सकिन्छ भन्ने उद्देश्य बोकेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल ,मध्यपुर ठिमी भक्तपुरले यही २०८१ भाद्र १० गते श्रीकृष्ण जन्मष्टमीको पावन अवसरमा श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपमा मनाइयो। हरेक संस्कृति ,चाडपर्व र उत्सवहरूको आआफ्नै छुट्टै सांस्कृतिक महत्व रहेको हुन्छ र तिनीहरूको संरक्षण र प्रवर्धन पनि सिकाइको एउटा पाटो भएको र मानवीय मूल्य मान्यता जीवन्त राख्ने आधार भएकोले सांस्कृतिक एवं धार्मिक सद्भाव राख्न सिकाउने उद्देश्यले विद्यालयले यी यस्ता कार्यक्रम राख्दै आएको जानकारी विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हामीलाई दिनुभयो ।विद्यालयको कक्षा नर्सरी देखि कक्षा ३ सम्मका शिक्षिकाहरुको संयोजनमा आयोजित उक्त जन्माष्टमी पर्वमा ससाना विद्यार्थीहरु राधा र कृष्णको भेषमा पार्टी विहारबाट भुलाङ्खेल हुँदै सिद्धिकाली मन्दिरसम्म परिक्रमासमेत गरेका थिए। राधा र कृष्णको भेषमा हातमा बाँसुरी सहित सजिएका विद्यार्थीहरूलाई विद्यालयका अन्य विद्यार्थीहरूले तालीले स्वागत गरेका थिए भने आफू छुट्टै पहिरनमा सजिने अवसर पाएकोमा सहभागी विद्यार्थीहरूले आयोजक विद्यालय परिवार तथा शिक्षक शिक्षिकाहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
प्रतिक्रिया