कांग्रेस र एमालेमै भ्रष्टाचारीहरु छन् ः कांग्रेस नेता खतिवडा


भदौ १०, २०८१, सोमबार | विहान ०७:३१ बजे | 75


कांग्रेस र एमालेमै भ्रष्टाचारीहरु छन् ः कांग्रेस नेता खतिवडा

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले देशका ठूलाठूला दलहरु कांग्रेस र एमालेभित्रै भ्रष्टाचारीहरु रहेको खुलाएका छन् । नेपाल प्रेस सोसाइटी सोमबार उनीसँंग गरेको साक्षात्कार कार्यक्रममा उनले ती भ्रष्टाचारीहरुलाई पार्टीले संरक्षण गर्न नहुने बताए । 
पार्टी सरकारमा रहेका बेला राज्यशक्तिको दुरुपयोग गरी आफनै पार्टीभित्रका भ्रष्टाचारीहरुलाई संरक्षण दिन हुँंदैन, नेता खतिवडाले भने, भ्रष्टाचारीहरुलाई पार्टीले संरक्षण दिइरहेकै कारण पार्टीभित्र भ्रष्टाचारीहरुले ठाउँं पाइरहेका छन् । 
भ्रष्टाचारको फाइल विभिन्न समयहरुमा खुल्दै गरेको तर फाइल खोल्दै जाँंदा आफनो पार्टी, आफना मान्छे वा आफू परेपछि वन्द हुने गरेको उनको भनाई छ । पछिल्लो पटक निवर्तमान गृहमन्त्री एवं राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्मला हत्याकाण्डको दोषिमाथिको छानविन अन्तिम चरणमा पुगेको भन्दै निर्वतमान भए पनि त्यो छानविन कहाँं पुग्यो जनतासमक्ष सार्वजनिक गर्न उनले अनुरोध गरे । नभए हावाको भरमा क्षणिक लोकप्रियताका लागि, सस्तो लोकप्रियताका लागि त्यसरी बोलेर नहिडन उनले आग्रह गरे ।   

Comments