भक्तपुरमा सापाःरु फोटो प्रतियोगिता २०८१ हुने


भदौ १०, २०८१, सोमबार | विहान ०५:५९ बजे | 45


भक्तपुरमा सापाःरु फोटो प्रतियोगिता २०८१ हुने

भक्तपुर । सम्पदा सँरक्षणकौ लागि फोटोग्राफी भन्ने नाराका साथ भक्तपुरमा सापाःरु फोटो प्रतियोगिता २०८१ हुने भएको छ । विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुरको कला सँस्कृति प्रबद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरुले गाईजात्राको क्रममा भदौ ४ गतेदेखि १० गतेसम्म खिचिएका तस्वीरहरु समावेश गराउन सकिने जनाइएको छ । फोटो सँख्या बढीमा ५ वटा बुझाउनुपर्ने जनाइएको छ । अनलाइन फाराममार्फत प्रतियोगितामा भाग लिन सकिने जनाइएको छ ।
प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय छनौट गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने जनाइएको छ । किपाग्राफी भक्तपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । संस्थाले विगत ७, ८ बर्षदेखि यस्तो प्रतियोगिता गर्दै आइरहेको छ ।
हरेक स्थानका फोटोग्राफरहरु प्रतियोगितामा सहभागी हुन पाउने जनाइएको छ । फोटो बुझाउने अन्तिम मिति भाद्र १५ गते रहेको छ । 

Comments