भक्तपुर काण्ड के हो ? विद्यार्थीलाई दिइयो जानकारी
भदौ ९, २०८१, आइतबार | दिउँसो ०३:२१ बजे | 110
भक्तपुर । ’भक्तपुर काण्ड’ अनि यसको कारण, परिणामबारे आइतबार ख्वप उच्च मावि र ख्वप कलेज देकोचा भक्तपुरका विद्यार्थीलाई जानकारी गराइयो । भक्तपुर काण्ड र नयाँ पुस्ताले यसबाट लिनुपर्ने शिक्षाबारे कार्यक्रम भएको हो । भाद्र ९ (कालो दिन) को बिरोधमा ९ वटा कक्षाका बिद्यार्थीलाई जानकारीमूलक कार्यक्रम गरेको जनाइएको छ । पाठ्यपुस्तकमा नसमेटिएका तर असाध्य महत्त्वपूर्ण विषयवस्तुको जानकारी दिने प्रयास गरियो, कलेजले भनेको छ ।
फाेटाेमा हेर्नुहाेस्...