कार्मारोङ गाउँपालिकामा हिमचितुवा संरक्षण परियोजना लागु
भदौ ९, २०८१, आइतबार | दिउँसो ०१:५४ बजे | 105
खड्क सुनार मुगु ०९ भदौ हिमाली जिल्ला मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा समुदायको संलग्नतामा स्थानीय समुदायको सशक्तिकरण मार्फत हिउँचितुवा संरक्षण परियोजना अन्तर्गत युएसआइडी जल जंगल परियोजना लागू भएको छ । युएसआइडी जल जंगलको आर्थिक सहयोग , हिमाली जोशको आयोजनामा तथा करानी सामुदायिक विकास केन्द्र नेपालको समन्वय र मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका स्थानीय सरकार सँगको सहकार्यक्रमा हिउँ चितुवा संरक्षणमा जुटेको हो । हिउँ चितुवा संरक्षणका लागि जिल्लाको कार्मारोङ गाउँपालिकाको वडा नं १ देखि ५ वडामा कार्यक्रम लागू भएको हो । समुदायमा आधारित बिशेष गरेर गोठालाहरुको पैरवी उनीहरुको संरक्षण , किसानहरुको बिमा कार्यक्रममा सहयोग र आधुनिक गोठहरु पुन निर्माणमा जोड दिने , बिमितहरु लाई यस परियोजना बाट उनीहरुको सफलता हासिल गर्न र बिमा सम्बन्धि जानकारी , पशु स्वास्थ्य शिविर गर्नको लागि युएसआइडी जल जंगलको आर्थिक र हिमाली जोशको आयोजनामा यो परियोजना लागू भएको हिमाली जाेशका कार्यक्रम संयाेजक पुर्णमाण श्रेष्ठले बताए । उनका अनुसार यो कार्यक्रम जिल्लाको कार्मारोङ गाउँपालिकाका १ देखि ५ वडा सम्म लागु हुनेछ । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा लाई संरक्षण र प्रवद्धन गर्न गर्न यो कार्यक्रम लागु भएको छ । यो परियोजना पाँच महिना सम्म लागु हुनेछ । यति छोटो समयमा किसान र हिउँचितुवा संरक्षणमा ठुलो उपलब्धि हुने परियोजनाले बिश्वास लिएको बताईएको छ । आईतवार परियोजना शुभारम्भ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुगुम कार्मारोङ गाउँपालिकाका कार्यबाहाक अध्यक्ष दावा साङवो तामाङका अनुसार जल र जंगल प्राणीका लागि नभइनहुने कुरा भएको र कार्यक्रम कार्यान्वयन गर्दा जल, जंगल सम्बन्धी संघीय र प्रदेश कानुनसँग स्थानीय कानुन नबाझ्ने गरी तिनै तहका सरकारका कानुनभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिए । बिशेष गरेर पशु किसानहरु लाई सहज तवरले बिमा कार्यक्रा , उनीहरुको आधारभुत आबश्यकता सम्बन्धि पहल गरिनु पर्ने उनको भनाई छ । यता सबडिभिजन वन कार्यालय छायलका बिर बहादुर बुढाका अनुसार परियोजना अन्तर्गत साबिकका वन उपभोक्ता समिति, मध्यवर्ती समिति र चोरी शिकारी नियन्त्रण समूहहरूलाई नै परिचालन गर्दा छोटो समयमा नै उद्देश्य अनुरूपको परिणाम प्राप्त गर्न सकिने सुझाव दिए । मानव वन्यजन्तु द्वन्द्वका कारण हिमचितुवा जोगाउनु चुनौती देखिएको छ । हिमचितुवा पाइने मुलुकहरु नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुस लगायत देशका प्रतिनिधि सहभागी छन् । नेपालको पूर्वमा कञ्चनजंघा संरक्षण पाँच सयभन्दा बढी छ ।