पतञ्जली भक्तपुरमा नित्यनाथ र सुनिता श्रेष्ठ


भदौ ९, २०८१, आइतबार | विहान ११:४७ बजे | 130


पतञ्जली भक्तपुरमा नित्यनाथ र सुनिता श्रेष्ठ

मध्यपुर थिमि । पतञ्जली योग समिति भक्तपुरको अध्यक्षमा नित्यनाथ श्रेष्ठ चयन हुनु भएको छ । पतञ्जली योग समिति भक्तपुरको उपाध्यक्षमा रामप्रसाद घिमिरे, महामन्त्रीमा बलराम मैनाली, संगठनमन्त्रीमा लेखनाथ पन्त, मन्त्रीमा प्रेम कार्की र कोषाध्यक्षमा दिवाकर सिलवाल निर्वाचित हुनु भएको छ । 
२ वर्षे कार्यकाल रहेको १७ सदस्यीय जिल्ला सदस्यहरुमा दिलकृष्ण प्रजापति, श्रीराम श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, इश्वरी धौबन्जार, केशव अर्याल, अच्युत कार्की लगायतका योगीहरु सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी महिला पतञ्जली योग समिति भक्तपुरको अध्यक्षमा सुनिता श्रेष्ठ, उपाध्यक्षमा हिरा श्रेष्ठ, महामन्त्रीमा शान्ता मैनाली लगायतका पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत निर्वाचित हुनु भएको छ । पतजली योग समिति भक्तपुरको १८ औं स्थापना दिवसको अवसरमा आयोजित पदस्थापन कार्यक्रममा भक्तपुर जिल्लाका ४ वटा नगरयोग समिति र ५२ वटा योगकेन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा आगामी कार्यकालका लागि नित्यनाथ श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय भक्तपुर जिल्ला पतञ्जली योग समिति चयन गरिएको छ । पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नियमित योगाभ्यास मार्फत शारीरिक, मानसिक  रुपमा स्वस्थ अनि सकारात्मक सोचको विकास भइरहेको बताउनु भयो । नियमित योगाभ्यासका लागि सार्वजनिक जग्गामा ठुलो हल निर्माण गर्न नगरपालिका सकारात्मक रहेको बताउनु भयो । पतञ्जली योग समिति भक्तपुरका महामन्त्री बलराम मैनालीले सञ्चालन गर्नु भएको उक्त 
कार्यक्रममा पतञ्जली योग समिति नेपालकी केन्द्रीय सहप्रभारी अर्चना घिमिरे, बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजले, केदार खड्का, मञ्जु कुम्पाख, केन्द्रीय सदस्य ललित शंकर योगी लगायतका वक्ताहरुले नियमित योगाभ्यासले रोग भगाउने अनि सकारात्मक सोचको विकास गराउने दावि गर्दे नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि मथिनपाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, पतञ्जली भक्तपुरका कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने अध्यक्षद्धय केदार खड्का र मञ्जु कुम्पाख लगायतलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर जिल्लामा सञ्चालित ५२ वटै योग साधना केन्द्रका योगीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । बालकुमारी योग साधनाकेन्द्रको व्यवस्थापनमा उक्त कार्यक्रम भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

पतञ्जली भक्तपुरमा नित्यनाथ र सुनिता श्रेष्ठ

Comments