लायन्स क्लब अफ भक्तपुर न्यातापोल ९ औं वर्षमा प्रबेश
भदौ ९, २०८१, आइतबार | विहान ११:३७ बजे | 125
लायन्स क्लब अफ भक्तपुर न्यातापोलको इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम वल्ड दरवार पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
लायन्स वर्ष २०२४।२५ का प्रेसिडेण्ट लायन्स दिनेश सुवालले क्लबलाइ आजको अवस्थासम्म पुर्याउन यस अधिका नेतृत्वदायी भूमिका खेल्नहुने सम्पूर्ण नेतृत्वकर्ता प्रति आभार ब्यक्त गर्दै आगामी दिनहरूमा अझ क्लवलाइ थप उचाइँमा लग्न आफू हरदम प्रयत्नशील रहने प्रतिबद्धता ब्यक्त गर्दै आजै 24 अगष्टका दिनबाट क्लबले ९ औ बर्षमा प्रवेश गरेको समेत जानकारी दिनुभयो ।
लायन्स क्लब इन्टरनेश्नलको सिद्धान्तमा रही सामाजिक कार्य गर्नुका साथै वास्तविक रूपमा विद्यमान सामाजिक समस्याको पहिचान गरि सोहि बमोजिमको सामाजिक सेवाका कार्यक्रमको अगाडि बढाउन सकेमा मात्रै वास्तविक रुपमा समाजसेवा हुने भएकोले क्षेत्रगत आवस्यकताको अध्ययनमा समेत जोड दिनुपर्ने लायन्स क्लब ३२५जी का गभर्नर लायन डा. कमल बहादुर कायस्थज्युले क्लबको बोर्ड सदस्यहरूको प्रतिस्थापन गर्ने क्रममा बताउनुभयो । साथै उहाँले लायन्स वर्ष २०२४।२५ का प्रेसिडेण्ट लायन्स दिनेश सुवाल, पहिलो भाइस प्रेसिडेन्ट बिजय सुवाल, द्वितीय भाइस प्रेसिडेन्ट श्याम सुन्दर बासुकला, सचिब किसन कर्माचार्य, कोषाध्यक्ष राजाराम लोहला, सह कोषाध्यक्ष शिक्षा प्रजापति, सह सचिब बिश्वजीत प्रजापति, क्लव डाइरेक्टर शमशेर प्रजापति, मेम्बरशिप च्यरपर्सन राजकुमार कार्की, मार्केटिङ च्यरपर्सन रामेश्वर सुवाल र सर्भिस च्यरपर्सन पून्यराम राजलवट लगायतलाई सपथग्रहण समेत गराउदै बधाइ तथा कार्यकालको सफलताको शुभकामना समेत दिनुभयो । लायन्स वर्ष २०२३।२४ का प्रेसिडेण्ट लायन्स राजेन्द्र भुषण खयरगोलीले क्लबका सदस्यहरूको नेतृत्व बिकासका लागि आफु हरदम सहयोग गर्न तयार रहेको बताउंदै नयाँ प्रेसिडेण्ट लायन्स दिनेश सुवाललाई कार्यभार हस्तान्तरण समेत गर्नुभयो । उक्त कार्यक्रममा पूर्व ३२५जी का गभर्नरहरु लायन्स उत्तम प्रसाद झा, कृष्ण प्रसाद अवाल, दिपक कृष्ण प्रजापति तथा पहिलो भाइस डिष्टिक्ट गभर्नर बिधान जोशी ज्यूले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो ।
यसका साथै क्लवले ८ औ बर्ष पुरा गरी ९ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेण्ट) लायन्स जितेन्द्र खायमलीज्यूले केक काटी खुशीयाली मनाउँदै क्लबको उन्नति देखेर हर्षित भएको बताउँनुभयो भने क्लवका पूर्व प्रेसिडेन्ट कृष्ण सुन्दर प्रजापतिले क्लब तथा क्लबका विभिन्न कार्यक्रमहरूलाइ सफल बनाउँनमा महिलाहरूको ठूलो भूमिका हुने भएकोले वास्तविक हिरो घरका श्रीमति हुने बताउँदै .सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रमका संयोजक एवं क्लबका पूर्व अध्यक्ष लायन सुरेन्द्र जाकिबन्जारले कुनै पनि कार्यक्रम सफल बनाउन राम्रो योजनाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।