भक्तपुर क्षेत्र नं २ का सांसद हरायो भन्नेहरुलाई दुर्लभ थापाको प्रश्न रिसोर्टमा छ भन्ने हो ?


भदौ ७, २०८१, शुक्रबार | विहान ०७:१२ बजे | 70


भक्तपुर क्षेत्र नं २ का सांसद हरायो भन्नेहरुलाई दुर्लभ  थापाको प्रश्न रिसोर्टमा छ भन्ने हो ?

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ  थापाले आफू कहिलेकाही हरायो भनेर मिडिया तथा सामाजिक सञ्जालमा आउने गरेको भन्दै असहमति व्यक्त गरेका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले शुक्रबार उनीसँंग गरेको साक्षात्कार कार्यक्रममा उनले विरामी अवस्थामाबाहेक आफू जहिले पनि जनतासँंगै रहेको बताए । 
यही क्षेत्रबाट संसद सदस्य विजयी यसअघिका सांसद् एवं युवा नेता महेश वस्नेतलाई लक्षित गर्दै उनले विकाश निर्माणको काममा वा भक्तपुरमा आपतविपत पर्दा आफू हराएको मिथ्या प्रचारप्रसार हुने गरेको बताए । एकजना संसद सदस्यको काम नीति निर्माणमा लाग्नु हो, उनले भने, बाँंकी समय जनताको सुखदुखमा रहेकै छु । 
त्यति भए पनि रोधराधेमा बाढी आउँंदा क्षेत्र नं २ का सांसद कता छन् ? कुन ठाउँंमा लुकेर बसेका छन् भनेर गलत सन्देश दिने गरेको भन्दै उनले के एकजना सांसदले यो सांसद यता छ, उ साँंसद उता छ भनेर हिड्ने हो? के सांसद रिसार्टमा, होटेलमा रात विताएर बसेको छ भन्ने हो भनी प्रश्न गरे ।
भक्तपुरबाट ४ जना संघीय सांसद्, ११ जना बागमति प्रदेश सांसद, कोही मन्त्री पनि अनि चार जना मेयरहरु सवै आआफनै काममा व्यस्त रहने गरेको सुनाए । उनले समस्या पर्दा समाधान गरिदिने भनेर जस लिनेले समस्याको कारणको जिम्मेबारी पनि लिनुपर्ने बताए ।    
फरक प्रशंगमा उनले नेता भएपछि पैसै कमाउने हो भन्ने गलत भाष्य निर्माण गर्ने गरेको बताए । त्यही झोकमा आफूले निर्वाचन अगाडि दुई वटा गाडी किनेको र घर ६ तल्ला बनाएको बताए । निर्वाचनपछि गरेको भए नेता भएर पैसा कमाइयो भन्छन्, उनले भने, त्यही भएर निर्वाचन अगाडि नै यसो गरे । उनले निर्वाचनमा आफू ५ करोड खर्च गरेर चुनाव जितेको भनेर भ्रम फैलाउनेहरु पनि धेरै रहेको बताए । 
अर्कै प्रसंगमा उनले विकासप्रेमी भनेर उदघाटन, शिलान्यास जस्ता रिवन काटने कार्यक्रममा गएर सस्तो लोकप्रियताको लागि नलागेको जानकारी गराए । विकास निर्माणका लागि यो नेता नै चाहिन्छ, उ नेता नै चाहिन्छ भन्ने के छ ? उनको प्रश्न थियो, राज्यकै पैसाबाट विकास निर्माण गर्ने हो न कि नेताको पैसाबाट ? 
उदघाटन, रिवन काटन जाने नेताहरुलाई त्यसो गर्नुको साटो वरु विकाश निर्माणमा समस्या आयो भने समाधानमा खट्न उनले आग्रह गरे । पछिल्लो पटक भएको प्रतिनिधि सभाको चुनावको ताका विरोधीहरुलाई आफूलाई विकाश विरोधीको रुपमा देखाएको भन्दै उनले विकास भन्दा पनि एकजना सांसदको काम नीति नियम बनाउने रहेको बताए । त्यसो भनेर म विकास विरोधी होइन, उनले भने, विकास सवै मिलेर गर्ने हो । कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments