भोलि सर्वसाधारणले पनि मन्दिर भित्रै पुगेर डोलेश्वरको पूजा गर्न पाउने
भदौ ५, २०८१, बुधबार | विहान ०५:५३ बजे | 65
भोलि भाद्र ६ गते डोलेश्वर महादेव केदारनाथको शिर घोषणा भएको दिन चारै ढोका खुल्ला गरिने भएको छ । यसकारण गर्भगृहमै प्रवेश गरी पुजा गर्न सकिने दिन भएको छ । सर्वसाधारणले पनि मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने भएको हो । अन्य दिनहरुमा मन्दिर बाहिरैबाट मात्रै पूजा गर्न पाइन्छ ।
डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको दिनलाई सूूर्यबिनायक नगरपालिकाद्वारा नगरभरि स्थानिय पर्व बिदा घोषणा गर्दै आएको छ । त्यस अवसरमा भोलि श्रावणी मेलाको समापन कार्यक्रम हुने भएको छ । सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा नगरपलिका सम्पूर्ण जनप्रतिनिधीको उपस्तिथिमा दिनको ३ बजे कार्यक्रम हुने जनाइएको छ ।
मन्दिर दर्शन तथा कार्यक्रममा सहभागीताको लागि सम्पूर्णमा हार्दिक अनुरोध तथा निमन्त्रणा गरिएको छ ।