रासस मिडिया संग्राहलयमा निःशुल्क प्रवेशको व्यवस्था


भदौ ३, २०८१, सोमबार | विहान ०९:५२ बजे | 115


रासस मिडिया संग्राहलयमा निःशुल्क प्रवेशको व्यवस्था

काठमाडौं । राष्टिय समाचार समिति राससले सञ्चालनमा ल्याएको रासस मिडिया संग्राहलय सवैका लागि खुल्ला भएको छ । मिडियाबारे अध्ययन गर्न चाहने सवैका लागि यहाँं निःशुल्क व्यवस्था रहेको छ । 
संग्राहलयको अवलोकन गरेको एकजना पुराना पत्रकार विजय विस्फोटले संग्राहलयको अवलोकनबाट पुराना पत्रकारिताबारे जानकारी मिल्ने बताए । उनले पत्रकारिताको अध्ययन, अध्यापन अनि अभ्यास गरिरहेका सवैखाले पत्रकारका लागि यो उपयुक्त शैक्षिक गन्तव्य रहेको सुनाए । 
आफना अनन्य मित्र एवं राससका अध्यक्ष धर्मेन्द्र झाका निमन्त्रणमा आफू संग्राहलयको अवलोकन भ्रमणमा पुगेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, आज राससका अध्यक्षज्यूसँंग भेटघाटको अवसर जुर्यो । साथै वहाको परिकल्पना अनुरुप रासस.भवनमा एउटा अर्को स अर्थात संग्रहालय अवलोकन गर्ने अवसर पाए ।  सरकारको आधिकारिक समाचार एजेन्सीको रुपमा स्थापित राससको आफ्नै गरिमामय इतिहास रहेको नया भबनमा संग्रहालय स्थापना हुनु आफैमा एक नया इतिहास कोरिएको महसुस मलाई भयो । 
उनले थप लेखेका छन्, विशेषतः पत्रकारिता बिषयमा अध्यनरत बिद्यार्थी, सन्चारकर्मीहरुका निम्ति अत्यन्तै खुशी अनि गौरवको कुरा हो यो । यसका निम्ति सरकार एव रासस अध्यक्षलगायत सम्बन्धित परिवार धन्यवादको पात्र हुनुहुन्छ । इच्छुक जो कोहीले सो संग्रहालयको अवलोकन निःशुल्क कार्यालय समयभित्र गर्न सक्नुहुने छ ।

फाेटाेमा हेर्नुहाेस्...

रासस मिडिया संग्राहलयमा निःशुल्क प्रवेशको व्यवस्था

Comments