नेवाः समाजमा ल्हासासंग ब्यापारिक र सांस्कृतकि सम्वन्धबारे सोधखोज
भदौ २, २०८१, आइतबार | दिउँसो ०१:०४ बजे | 35
काठामाडौं । नेवाः समाजमा ल्हासासंग ब्यापारक र सांस्कृतिक सम्वन्ध विषयमा सोधखोज गर्ने कार्यक्रम अरनिको समाजको सभा हल चाइना टाउनमा सम्पन्न भयो ।
कार्यक्रममा लामो अवधिसम्म ल्हासा ब्यापारमा संलग्न यल मतयाः ब्यवास्थापन समितिका अध्यक्ष समेत रहेका तारणीबहादुर शाक्यले आफू ल्हासामा रहँदा तिब्यत स्वशासन क्षेत्रबाट दलाई लामालाई खेदेको र भारत भागेको घटनाबारे जिवन्त रुपमा आफ्नो धारणा स्पष्ट पार्नुभयो । किम्डोल विहारका देवीचन्द्र श्रेष्ठले नेवाः समाजमा पहिला नै तिब्यत ब्यापार रहेकाष्े र त्यसलाई
आधुनिक समयसम्म पनि निरन्तरता दिने कार्य पनि त्यसरी काम गरिरहेकाहरुले गरेको बताए ।
असनका ल्हासा ब्यापारी मोतिकाजी तुलाधरले काठमाडौंमा अन्य कार्य नभएकाले पनि २६ दिन हिडेर र घोडा चढेर जानु पर्ने ल्हासा ब्यापार सञ्चालन गर्नको लागि कुटीसम्म पनि नेवाः समुदाय पुगेर उतातिर उनीहरु जान बाध्य भएको बताउनु भयो । ल्हासा ब्यापारी प्रेमबीरसिं ताम्राकारले काठमाडौंमा जे जस्तो जात्रा पर्व मनाउने गरिन्थ्यो, कालिम्पोङ र ल्हासामा पनि ती सबैजसो जात्रा पर्व यहाँ जस्तै त्यहाँ बसोबास गरेका नेवाः समुदायले मनाउने गरेको बताउनु भयो । ल्हासा बारे अध्ययन गरी लेख रचना तथा पुस्तक तयार पार्नु भएका लेखक जगतबीर कंसाकारले आफू ल्हासा नपुगे पनि आफ्नो बाजे र बुवाको मुखबाट सुनेका कुराहरु आफ्ना सन्तानहरुलाई र साथीहरुलाई सुनाउँदा अत्यन्तै अचम्म मान्ने गरेकाले त्यस सम्वन्धी आफूले लेख्न थालेको बताउनु भयो । नेपालभाषा एकेडेमी र अरनिको समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा डा. सर्वोत्तम डंगोलले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।