नेकमा सकियो परीक्षा ः विद्यार्थीको आकर्षण उतिकै
भदौ १, २०८१, शनिबार | दिउँसो ०२:२१ बजे | 15
काठमाडौं । इन्जिनियरिङको पढाईप्रति विद्यार्थीको आकर्षण अझै वढ्दो छ । शिक्षा, मानविकीलगायतका क्षेत्रमा स्नातक तहमा विद्यार्थी अभाब भइरहेको बेला इन्जिनियरिङप्रतिको आकर्षण भने अझै उस्तै छ ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा शनिबार भएको प्रवेश परीक्षाले यस कुराको पुष्टी भएको हो । प्रवेश परीक्षामा उत्साहजनक विद्यार्थीको सहभागिता देखिएको थियो । कलेजमा स्नातक तहमा इन्जिनियरिङ विषय पढ्न चाहने विद्यार्थीको सहभागिता उल्लेख्य भएको हो ।
दस जोड दुई (प्लस टु) उतीर्ण गरेका अन्डरग्राजुयट विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्यता पुग्छ । त्यही अनुसार कलेजमा स्नातक तहका इन्जिनियरिङका विभिन्न विधामा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा भएको हो ।
कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी प्रवेश परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए । छोटो समयको अन्तरालमा विभिन्न समस्याका बाबजुद् पनि प्रवेश परीक्षामा उत्साहजनक रुपमा विद्यार्थी सहभागी भएको देखियो, उनले भने । उनका अनुसार कलेजमा चाहिने कुल विद्यार्थीको आधा भन्दा वढी विद्यार्थी पहिलो चरणको प्रवेश परीक्षामै सहभागी भए । कलेजले आवश्यकता अनुसार निरन्तर चरणचरणमा प्रवेश परीक्षा चलाउने गर्दछ । कलेजमा सवै मिलाएर चार सस ८० विद्यार्थीका लागि कोटा उपलव्ध छ ।
स्नातक तहमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन, इलेक्टोनिक्स एण्ड इलेक्टिकल, सिभिल फर डिप्लोमा होल्डर्सका इन्जिनियरिङका स्नातक तहमा यहाँं पढाई हुन्छ ।
नाफा नलिने उद्देश्यका साथ भक्तपुरको चाँंगुनरायण नगरपालिका दुवाकोट भक्तपुरमा सञ्चालित यो कलेज स्थापना भएको तीस वर्ष भएर ख्याति कमाएको कारण यसप्रतिको आकर्षण वढी भएको कलेजको भनाई छ । इन्जिनियरिङमा पुल्चोकपछि दोश्रो उत्कृष्ट कलेजको रुपमा यसले शिक्षा प्रदान गरिरह्ेको छ । कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी सञ्चालित छ ।
कलेजमा अधिकांश शिक्षकहरु पूर्णकालिन छन् । यसकारण पनि यहाँं पढ्न चाहने विद्यार्थीको आकर्षण रहेको कलेजले जनाएको छ । कलेजमा विभिन्न विधाहरुमा धेरै छात्रबृतिको पनि व्यवस्था छ ।
फाेटाेमा हेर्नुहाेस्...