यल अन्तर सहकारीको नयाँ अध्यक्षमा सुशन श्रेष्ठ
भदौ १, २०८१, शनिबार | विहान ०३:५१ बजे | 40
यल अन्तर सहकारी समन्वय समिति को सातौं साधारणसभाले सुशन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नव अध्यक्ष श्रेष्ठ, मंगलबजारमा रहेको उत्सर्ग बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन् । ललितपुर स्थित १४ वटा सहकारीहरुको संजालको रुपमा रहेको समन्वय समितिको शुक्रबार सम्पन्न सभाले नयाँ कार्यसमिति चुनेको हो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईंको प्रमुख आतिथ्यमा सम्पन्न सभाले उपाध्यक्ष नारायण तण्डुकार र सदस्यहरु यल अन्तर महिला संजाल संयोजक ललिता श्रेष्ठ, उपसंयोजक अर्चना तण्डुकार, यल अन्तर म्यानेजर क्लब संयोजक विश्व खड्गी उपसंयोजक विनोद महर्जन लगायतको चौध सदस्यीय समिति गठन गरेको हो । चौध सहकारी संस्थामा सदस्यहरूको संख्या ७ हजार ७ सय रहेको छ । एक वर्षको लागि चुनिएको नयाँ कार्यसमितिका अध्यक्ष सुशन श्रेष्ठले सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानमा पहल गर्ने, खराब ऋण उठाउने, तरलता समाधान गर्ने तथा सदस्यहरुलाइ सहकारी शिक्षाको अभिमुखिकरण र नेतृत्व विकास लगायतका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । सो साधारणसभा अष्टलाल महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो