भक्तपुर बैंकमा गाईजात्रा
जेठ २४, २०७७, शनिबार | विहान ०४:४५ बजे | 70
भक्तपुर । भक्तपुर सूर्यविनायकका विश्वराम थापा बिहीबार सेवाका लागि नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुर शाखामा विहान सात नवज्दै पुगे । बैंक विहान १० बजे मात्रै खुल्ने थाहा भए पनि लकडाउनकावीचमा नखुलेका कारण भीड हुने निश्चित भएपछि उनी विहानै पुगेका थिए । विहान सात बजे नवज्दै बैंक गई लाइनमा रहेका उनले दिउँंसो एक बजे मात्रै आफनो काम फते पार्न सफल भए ।
‘विहान सात बजे आएको थिए, त्यही बेला यहाँं लाइन लागिसकेको थियो, बैकमा लागेको भीड व्यवस्थापनमा स्वतस्फुर्ट रुपमा खटिरहेका थापाले नागरिककर्मीसँंग दिउँंसो १२ बजे भने, अहिलेसम्म पनि मेरो पालो आएको छैन । उनका अनुसार भीड विहानैदेखि थियो । सुरक्षाकर्मीले भीड देखेपछि विहानैदेखि मुल गेटमै सेवाग्राहीलाई रोकेको थियो । त्यसो भएपछि कुपनको पनि व्यवस्था हुन सकेको थिएन । यसपछि उनीलगायतको एक समूहले बाकस खोटामा नम्वर लेखेर कुपन नम्वर लेखी वितरण गरे । सेवाग्राही आफैंले कुपन लेखेर बाँंडेपनि दिनभर बैंकमा सेवाग्राहीहरुको ठेलमठेल चल्यो, घम्साघम्सी चल्यो । अत्याधिक भीडका कारण छेउको कमलविनायकबाट नगरकोट चल्ने मुख्य सडक नै दिनभर जामको जाम भए ।
अर्का सेवाग्राही मीना महतले विहानैदेखिको अस्तव्यस्तता देखेर आफनो कञ्चट तातेको बताइन् । ‘मिलाउन लाख कोसिस गरियो तर सकिन, उनले भनिन्, ‘त्यही भएर मिडियाकर्मी आएपछि केही हुन्छ कि भनेर कति मिडियाकर्मीहरुलाई टेलिफोन गरी बोलाएर रिपोर्टिग गरिदिन पनि भने र आए पनि । तर केही भएन ।’ अत्याधिक भीडका कारण मिडियाकर्मीलाई पनि त्यहाँं प्रवेश निशेध गरिएको थियो । बैंकका शाखा प्रमुख व्यस्त भएको भन्दै शाखा प्रमुखलाई भेट्न जान पनि सञ्चारकर्मीलाई रोक लगाइयो । दिनभरको भीडभाडका कारण त्यहाँं सामाजिक दुरीको ख्याल राख्नुपर्छ भन्ने सवैलाई थाहा भए पनि बाध्यताले सवैले राख्न सकेका थिएन ।
सेवाग्राहीहरु गोपाल खनाल, अनिल ह्योंगजू, आशाकाजी पुरीलगायतले पाँंच मिनेटको कामका लागि पाँंच घण्टा कुर्दा पनि नभएको भन्दै आक्रोश पोखिरहेका थिए । घण्टौ हिडेर सेवा लिन आए पनि फेरि घण्टौ कुर्दा पनि सेवा नपाएको भन्दै दिनभर घम्साघम्सी, ठेलमठेल, मुठभेड, तोडफोड बैंक परिसरमा दिनभर चलिरह्यो । हप्तामा एक दिन आएर तलब पचाउन पाएको भन्दै सेवाग्राही आक्रोश पोख्दै थिए ।
नेपाल बैंक लिमिटेड कमलविनायक शाखाका प्रबन्धक विष्णमान भैलले कोरोना भाइसरका कारण हप्तामा एक दिन मात्रै शाखा खोलेकोले भीडभाड भएको टेलिफोनमा बताए । अवका दिनमा हप्तामा एक दिन सेवालाई बढाउन केन्द्रमा पत्राचार गरेको उनले सुनाए । सम्पूण सेवाग्राहीलाई ढिलासम्म भए पनि सेवा दिएको भन्दै ढिला सेवा पाएका सेवाग्राहीलाई रात परेकाले बैंकको गाडीले घरघरसम्म पुयाएको उनले जनाए।