तःमुज्या पंचायतकालदेखि संघर्ष गर्दै अगाडि बढेको


साउन ३२, २०८१, शुक्रबार | विहान १०:११ बजे | 60


तःमुज्या पंचायतकालदेखि संघर्ष गर्दै अगाडि बढेको

भक्तपुर, ३१ श्रावण । पिप्यकगु नेपाल भाषा साहित्य तःमुज्या भव्यरुपमा सफल पार्न नेमकिपा भजिसका अध्यक्ष एवम् प्रदेश सभासद् सुरेन्द्र राज गोसाईंको प्रमुख आतिथ्यतामा साँस्कृतिक समिति रामकृष्ण प्रजापतिको संयोजकत्वमा ५९ सदस्यीय गठन गरियो । 
प्रमुख अतिथि सुरेन्द्र राज गोसाईले अहिले देशको परिस्थिति र समसामयिक विषयबारे खुराक आवश्यकता महशुस गरेको बताउँदै त्यस विषयमा प्रशिक्षण संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले तःमुज्या पंचायतकालदेखि संघर्ष गर्दै अगाडि बढेको बताउँदै सबैको सहयोग र स्वय्म सेवाले गर्दा ४४ बर्षसम्म भव्य रुपमा संचालन गरी निरन्तरता दिन सकेको बताउनुभयो । उहाँले तःमुज्याले लोप हुन लागेको परम्परागत विधामा ध्यान दिनुपर्ने नाचगानको राजधानीमा खःप्याखं लोप हुन लागेकोमा दुख लागेको बताउनुभयो । उहाँले तःमुज्यामा साँस्कृतिक कार्यक्रम महत्वपूर्ण  भएको बताउँदै प्रत्येक्ष प्रसारण व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले तःमुज्यामा सानोतिनो कमजोरीले समग्र कार्यक्रमको आलोचना हुने भएकोले मैले भन्दा हामीले भन्ने सामुहिक भावनाबाट सफल पार्नुपर्ने बताउँदै तःमुज्याको आँखाबाट वा भावनाबाट काम गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा भनपा वडा नं ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्यालेष्टाईनको विषयमा बताउनुभयो । ग्वासाखलका अध्यक्ष कृष्णभक्त लवजु, साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापति, रमेश प्रजापति, विश्वराम दुमरुले पनि बोल्नुभएको थियो ।

Comments