नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्धारा ऐतिहासिक पुस्तक हस्तान्तरण

बैशाख १०, २०८३, बिहीबार | साँझ ०६:५८ बजे | 45

नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्धारा ऐतिहासिक पुस्तक हस्तान्तरण

काठमाडौं । नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीले विहीबार राजधानीमा विभिन्न विशिष्ट व्यक्तिहरुलाई पुराना मुद्राबारेको विशेष ऐतिहासिक पुस्तक हस्तान्तरण गरेका छन् । बाल मुद्रा संकलक दाजुबहिनी लक्ष्यजीत मल्ल र समृद्ध मल्लले भुवनेशकुमार प्रधानद्धारा लिखित मुद्रा सम्वन्धिको ऐतिहासिक पुस्तक नेपाली सिक्कामा दामको महत्व दी इम्पोर्टेन्स् अफ दाम इन दी क्वइनेज अफ नेपाल हस्तान्तरण गरेका हुन् । 
नेपाल मुद्रा संकलक संघद्धारा प्रकाशित यो पुस्तक संघका अध्यक्ष दिनेशराज मास्केलगायतले नागरिक देनिकका प्रधान सम्पादक गुणराज लुइटेल, नागरिक न्युज अनलाइनका सम्पादक तेजेन्द्र काफ्ले, नागरिक दैनिकका करेसपोण्डेन्ट कृष्ण किसी, भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामालगायतलाई एक एक प्रति पुस्तक उपहार स्वरुप नागरिक दैनिकको कार्यालय काठमाडौंमा मायाले प्रदान गरेका थिए । 
कार्यक्रममा बाल मुद्रा संकलकद्धयका पिता मन्जित मल्ललगायतले प्रकाशित पुस्तकबारे जानकारी गराएका थिए । ऐतिहासिक यो पुस्तक पुराना मुद्रा सम्वन्धि प्रकाशित नेपालको पहिलो पुस्तक रहेको बताइएको छ । पुस्तकको मूल्य दुई हजार पाँंच सय तोकिएको छ । पुस्तक अंग्रेजी भाषामा रहेको छ ।
 
फाेटाेमा हेर्नुहाेस्...

नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्धारा ऐतिहासिक पुस्तक हस्तान्तरण
नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्धारा ऐतिहासिक पुस्तक हस्तान्तरण
नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्धारा ऐतिहासिक पुस्तक हस्तान्तरण
नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्धारा ऐतिहासिक पुस्तक हस्तान्तरण

Comments

ताजा खबर