तःमुज्यांको सास्कृतिक समितिमा रामकृष्ण र प्रचारप्रसारमा काशीलाल


साउन ३१, २०८१, बिहीबार | दिउँसो ०३:५९ बजे | 40


तःमुज्यांको सास्कृतिक समितिमा रामकृष्ण र प्रचारप्रसारमा काशीलाल

भक्तपुर । भक्तपुरको कमलविनायकमा हुन लागेको यसवर्षको ४४ औं नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन)को साँंस्कृतिक समितिको संयोजकमा रामकृष्ण प्रजापति चुनिएका छन् । यस्तै प्रचारप्रसार समितिमा काशीलाल प्रजापति चुनिएका हुन् । बिहीबारको बैठकले साँंस्कृतिक समिति गठन गरिएको हो भने बुधबारको बैठकले प्रचारप्रसार समिति । यसअघि मंगलबार बसेको बैठकले नातिभाइ ह्वोम्वाको अध्यक्षतामा आर्थिक संकलन समिति गठन गरेको थियो । दैनिक बैठक बसेर एउटा एउटा समिति गठन गर्ने कार्य जारी हुने जनाइएको छ । सम्पर्क कार्यालयको उदघाटन भने भदौ १ गते विहान हुने जनाइएको छ ।  

Comments