स्मृति पुस्तकको पुनरावलोकन


साउन २६, २०८१, शनिबार | विहान ०४:४१ बजे | 30


स्मृति पुस्तकको पुनरावलोकन

इन्जिनियर लेखरत्न शाक्य
“अप्पमादो अमतपदं – पमादो मच्चुनो पद ।
अप्पमत्ता न मीयन्ति – ये पमत्ता यथा मता ।।२१।।”
अप्रमाद निर्वाणको बाटो हो, प्रमाद मृत्युको बाटो हो
प्रमादीहरु मर्ने झैं अप्रमादीहरु मर्दैन ।

मैले सावित्री स्मृति (सावित्री राणा केसी स्मृति पुष्प) पुस्तक अभिरुचिपूर्वक पढेँ । यो मेरो लेख त्यहि पुस्तकको बुक रिभ्यू (पुनरावलोकन) हो । ७६ वर्षको उमेरमा आफ्नो कालगतिले देह त्याग गर्नुभएकी सावित्री प्रति विभिन्न संघसंस्था, व्यक्तिहरुले दिनुभएको श्रद्धाञ्जलि र वहाँका परिवारजनलाई दिइएका समवेदनाहरुको संगालोको पुस्तक हो । शब्दयात्रा प्रकाशन बनेपा, काभ्रेबाट २०८० साल चैत्र महिनामा प्रकाशित यो पुस्तक डा. इन्दुल केसीज्यूले सम्पादन गर्नुभएको हो । यो पुस्तक पढ्दा मेरो मन दोहोरो रुपमा दोलिएको छ । पुस्तक पढ्ने अवसरले मानिसको अनित्य संसारले कसैलाई पनि अमरत्व हुने अवसर दिँदैन भने वहाँका परिवारजन, आफन्त, नातेदार, साथिभाई र मित्रहरुको लागि बाचुञ्जेल वहाँले गर्नुभएको – घरपरिवार सम्हाल्ने, हेरचाह र रेखदेख गर्नुभएको धेरै विवरण यसमा छ । एउटी नारीको कर्तव्य, वहाँले गर्नुभएको कर्तव्य, अनुशासन र धर्म परायणका कार्यहरुले आउँदो सन्ततिलाई मानिस भएर निर्वाह गर्नुपर्ने ज्ञानको बोध गराउँदछ । स्वर्गीय सावित्रीज्यू जन्मले भन्दापनि कर्मले एक सक्रिय नारी हुनुहुन्छ भन्ने मैले ठानेँ । पुस्तकमा दिइएका वहाँको स्वास्थ्य समस्याको विवरण, धार्मिक क्रियाकलापका विवरणले पाठकवर्गलाई अति रोचक कुराको जानकारी दिन्छ । 
“सीलदस्सनसम्पन्नं – धम्मट्ठं सच्चवादिनं ।
अत्तनो कम्म कुब्बानं – तं जनो कुरुते पियं ।।२१७।।”
जो शील र विद्याले सम्पन्न छ, धर्ममा स्थित छ, सत्यवादी र आफ्नो कर्ममा तत्पर छ, त्यस्ता व्यक्तिलाई सबैले प्रेम गर्दछ ।
स्वर्गीय सावित्री केसीको जीवनवृत पढ्दै जाँदा जीवनकालमा वहाँले गर्नुभएको यात्रा र धार्मिक क्रियाकलापहरु पढ्दा मैले पढेको एउटा अन्तर्राष्ट्रिय जगतमा बिक्रि भइरहेको ल्यचmबल ख्ष्लअभलत एभबभि को पुस्तक त्जभ एयधभच या एयकष्तष्खभ त्जष्लपष्लन मा उल्लेखित केही प्रभावकारी धार्मिक तथा धर्मका नियमहरु सावित्रीज्यूको क्रियाकलापमा निकै सामञ्जसेता भएको मलाई अनुभव भयो ।
ड्ड प्रत्येक दिन केही समय भजन किर्तन र प्रार्थनाको लागि छुट्याउनु र त्यसबेला अन्य विषयमा मन नदुलाउनु । सामान्यरुपमा भगवानलाई मनमा स्थान दिनु र आध्यात्मिक रुपमा भगवानलाई ग्रहण गर्ने भावना बढाउने कार्य हुन्छ ।
ड्ड प्रार्थना गर्दा कुनै पनि धर्ममा आस्था राख्ने मानिसले अप्राकृतिक शब्द उच्चारण गर्नु पर्दैन, सामान्य बोली चालिको शब्दहरुनै भगवानको प्रिय हुन्छ । तपाईको सामान्य र दृढ आस्था र भावनाले भगवान स्वय्म तपाईको साथमा रहनुहुन्छ ।
ड्ड कुनै कार्य थाल्नु अघि, आफुले खाना खानु अघि, भगवानालई मनले सम्झनु, प्रार्थना गर्नु, एउटा उत्तम कार्य हो । त्यसबेला भगवान आफैमा पाउनु हुनेछ ।
सबै मानिसहरुकाबीच समान दृष्टिकोण बनाउँदै धर्मलाई उच्च स्थान दिई सबैको प्यारो नारी भएर बस्नु स्व. सावित्रीज्यूको महानता हो भन्ने मलाई लाग्यो । काठमाडौं उपत्यकाको भक्तपुर नगरमा जीवन बिताउनु भएका सावित्री राणा केसीज्यूको जीवनकालमा बौद्धजन तथा हिन्दु धर्मका भजन मण्डललाई धर्म र कर्ममा आस्थापूर्ण सक्दो सहयोग गरी परलोक गमन हुनुभएको सावित्रीको आत्मा सुखावति भुवनमा बास मिलोस् भन्ने कामनाका साथ श्रद्धा सुमन अर्पण गर्दछु ।
आखिरमा
“यो चे वस्ससतं जीवे – दुप्पञ्ञो असमाहितो ।
एकॉहं जीवितं सेय्यों – पञ्चवन्तस्स झायिनो ।।१११।।”
बुद्धिहीन असमाहित पुरुषको सय वर्षको जीवनभन्दा ध्यानी प्रज्ञावान्को एकै दिनको जीवन बेस छ ।
डा. इन्दुल केसीले सम्पादन गर्नुभएको यो पुस्तक विविध विशेषतायुक्त छ । कुनै व्यक्ति परमधाम भएपछि उसका आफन्तजनले प्रकाशित गर्ने स्मृति पुस्तक, स्मृति ग्रन्थ तथा शोक काव्य प्रकाशित प्रचलन छ । यस प्रसंगमा यो पुस्तक एउटा नमूनाको रुपमा रहेको मैले पाएँ । 
भवतु सव मङ्गलम ।
८८८८
ई. लेखरत्न शाक्य
सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल ९क्भ्भ्ल्०
कजबपथबचि२नmबष्।िअयm

फाेटाेमा हेर्नुहाेस्...

स्मृति पुस्तकको पुनरावलोकन

Comments