नेपाल भाषा साहित्य सम्मेलन आयोजक समिति गठन ः अध्यक्षमा कृष्णभक्त
साउन २३, २०८१, बुधबार | साँझ ०४:१९ बजे | 105
भक्तपुर । यसवर्षको नेपालभाषा साहित्य सम्मेलन आयोजक समिति गठन गरिएको छ । भक्तपुर कमलविनायकका कृष्णभक्त लवजूको अध्यक्षतामा ४४ सदस्यीय आयोजक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद चवाल, सचिवमा सञ्जय मानन्धर र कोषाध्यक्षमा नातिभाइ ह्योम्वा रहेका छन् ।
बुधबार कमलविनायकमा भएको भेला आयोजक समिति गठन गरिएको हो । भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाई, सल्लाहकार चन्द्रबहादुर उलक, ज्ञानसागर प्रजापति, आशकुमार चिकंबञ्जार लगायले बोलेका थिए ।
यो वर्षको ४४ औं नेपाल भाषा साहित्य सम्मेलन कमलविनायक लामगालमा हुँंदैछ । जनता म्वासा भाषा म्वाई मुल नाराका साथ प्रत्येक वर्ष भक्तपुरका फरकफरक ठाउँंहरुमा नेपाल भाषा साहित्य सम्मेलन हुँंदै आएको छ ।