शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
बैशाख ११, २०८३, शुक्रबार | साँझ ०६:०५ बजे | 15
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव मिति २०८३।०१।११ गते केन्द्रको परिसरमा विशेष समारोह बीच भव्यताका साथ सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले २०८२ बैशाख देखि २०८२ चैत्र मसान्त सम्म २१३ जनाको मृर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको कुरा व्यक्त गर्नु हुँदै केन्द्रले एक वर्ष भरी गरेको प्रगतिको समिक्षा समेत गर्नु भयो । केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र यो उपलब्धी संभव भएको कुरा बताउनु हुँदै १४ औं वार्षिक उत्सवको अवसरमा सबैलाई शुभकामना दिनु भयो ।
केन्द्रले केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको कुरा व्यक्त गर्नु हुँदै केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गर्न भयो ।
केन्द्रको वार्षिक उत्सवको अवसरमा केन्द्रमा मृगौला प्रत्यारोपण सर्जरी विषयमा एक वर्षे फेलोशिप कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नु भएका डा. विकास खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि मानब अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा. केशर बहादुर ढकालले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले विरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मान गर्नु भयो । केन्द्रको विकासका लागि आफू निरन्तर सकरात्मक रहेको केन्द्रको विकासको लागि सदैव प्रतिवद्द रहेको कुरा बताउनु भयो ।
उक्त समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८२ सालमा उत्कृष्ट सेवा गरे बापत डा निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बल राम पाँउ गरी ५ जना उत्कृष्ट कर्मचारी घोषित भएका थिए भने नर्सिङ्ग इन्चार्ज एलिसा श्रेष्ठलाई नगद पुरस्कार र सम्ममान पत्र सहित सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।
२०८२ बैशाख देखि चैत्त मसान्त सम्म केन्द्रबाट भएका मुख्य मुख्य गतिविधिहरु ः
ड्ड २१३ जनाको मृगौला प्रत्यारोपण
(हाल सम्म १२७८ पुरुष र ३३५ महिला गरी जम्मा १६१३
ड्ड ३ जनाको कलेजो प्रत्यारोपण
(हाल सम्म पुरुष ३२ र ४ महिला गरी जम्मा ३६ जना)
ड्ड ४० हजार सेसन हेमोडाइलाइसिस
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर
मिति ः २०८२।०१।११ गते शुक्रवार
