धनीहरुको सम्पती सामाजिकीकरण गर्न सरकारलाई सुझाव


साउन १५, २०८१, मङ्गलबार | दिउँसो ०३:५१ बजे | 60


धनीहरुको सम्पती सामाजिकीकरण गर्न सरकारलाई सुझाव

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन । 

सम्पत्तिको सीमांकन र विदेशमा सम्पती राख्न नपाउने कानून बनाउन जरुरी भएको उल्लेख गर्दै सांसद सुवालले सो व्यवस्था भए न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘धन कुवेरहरुको धन सामाजिकीकरण गर्नुपर्दछ । नेपाल सरकारको राजश्व चालु खर्च धान्न पनि अपुग हुने भएकाले एमाले कम्युनिष्ट र नेका समाजवादी पार्टी भए नेपालीको सम्पतीको सीमांकन र विदेशमा सम्पत्ति राख्न नपाउने कानून बनाउन जरुरी छ । यसले न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्नेछ।’सांसद सुवालले धनीहरुको सम्पती सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिए ।

Comments