लोकेश्वरमा समाचार लेखन तालिम सुरु
साउन १३, २०८१, आइतबार | दिउँसो ०२:०४ बजे | 75
भक्तपुर । लोकेश्वर बचत तथा श्रृण सहकारी संस्था लिमिटेड इताछें भक्तपुरको शिक्षा तथा वचत उपसमितिको आयोजनामा भक्तपुरमा आइतबारदेखि एकहप्ते समाचार लेखन तालिम सुरु भएको छ । तालिमको उदघाटन आयोजक संस्थाका अध्यक्ष राजन जतिले गरे । सो अवसरमा उनले बचत तथा सहकारी संस्थाहरु खासमा बचतमै मात्रै सिमित नभई समाजको हरेक क्रियाकलापलाई अगाडि वढाउन सहयोग सिद्ध होस् भन्ने हेतुले तालिम सञ्चालन गरेको जानकारी गराए । संस्थाको शिक्षा तथा वचत उपसमितिका संयोजक कृष्णराम तुकंबञ्जारले संस्थाले गरेका विभिन्न क्रियाकलापहरुलाई मिडियामा ल्याउन सकून भन्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताए । तालिमका मुख्य प्रशिक्षार्थी कृष्ण किसीले पत्रकारिताको महत्वबारे चर्चा गरे ।
तालिम एकहप्तासम्म चल्नेछ । तालिम प्रत्येक दिन साँंझ ६ बजेदेखि ७ बजेसम्म गरी दैनिक एक घण्टा हुने जनाइएको छ । तालिममा झण्डै एक दर्जन प्रशिक्षार्थी सहभागी रहेका छन् ।