जगातीका महिलाहरुले गरे टोलको सरसफाई
साउन १२, २०८१, शनिबार | विहान ०५:३५ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीका महिलाहरुले शनिबार विहान टोलको सरसफाई गरेका छन् । नेपाल क्रान्तिकारी महिला सघ जगाती टोल इकाई समितिको आयोजनामा टोलमा सरसफाई गरिएको हो ।
सरसफाईमा महिलाहरुलाई सहयोग गर्न टोलका पुरुषहरु पनि सरसफाईमा सहभागी भएका थिए । झण्डै तीन दर्जन महिला पुरुषहरु सरसफाईमा सहभागी भएका थिए ।
पुरानो जगानीको मुल बाटोमा सरसफाई गरिएको हो । अरनिको राजमार्गको पुरानो जगाती प्रवेश गर्ने चोकदेखि पुलसम्मको करिव चार सयम मिटरको क्षेत्रका दायाँंबायाँं सडकका फोहोरहरु सकलन गरी सरसफाई गरिएको हो । साथै जगातीको पुरानो पुलको पनि सरसफाई गरिएको थियो ।
सरसफाईका लागि उनीहरुले वडा कार्यालयबाट आवाश्यक सामाग्रीहरु ल्याएका थिए । चुन, सरसफाईमा लगाइने पञ्जालगायतका सामानहरु उनीहरुले वडाबाट ल्याएका थिए । चुर्ने छर्ने, झोल औषधि छर्नेलगायतका काम सरसफाईको क्रममा गरिएको थियो ।
सरसफाईपछि वडा अध्यक्ष केपी कोजू, स्थानीय समाजसेवी जगतशेर गोसाई, वडा सदस्य कृष्णलाल किसीलगायतले धन्यबाद ज्ञापन गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...