डोलेश्वर मेलामा चिया नास्दा लिंदै हुनुहुन्छ ? मूल्यसूचि हेर्नुहोस् है


साउन ११, २०८१, शुक्रबार | दिउँसो ०१:१३ बजे | 55


डोलेश्वर मेलामा चिया नास्दा लिंदै हुनुहुन्छ ? मूल्यसूचि हेर्नुहोस् है

सिपाडोल । श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा सञ्चालनमा रहेका होटलहरुलाई अनिवार्य रुपमा मूल्यसूचि राख्न लगाइएको छ । सूर्यविनायक नगरपालिका, सूर्यृविनायक नगरपालिका वडा नं ८ सिपाडोल, श्री केदारनाथको शिर डोलेश्वर महादेव विकास समिति, प्रहरी तथा स्थानीयहरुको सहभागितामा अनुगमन गरी मूल्यसूचि राख्न लगाइएको वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी गराए । समितिले मूल्यसूचि हेरेर मात्र खाजा नास्ता खान पनि सवैसँंग अनुरोध गरेको छ । 
डोलेश्वरमा अहिले साउने मेला लागिरहेका कारण मेला भर्न आउनेहरुको दैनिक घुँंइचो छ । विशेष गरेर सोमबार र शनिबार विशेष घुइँचो लाग्ने गरेको छ । त्यही कारण यहाँं चिया नास्ता गर्नेहरुको संख्या वढी छ । यस्तो अवस्थामा पसलेहरुले जथाभाबी मूल्य लिएको गुनासोपछि मूल्यसूचि अनिवार्य गरिएको जनाइएको छ । साउने मेला भदौ ६ गतेसम्म चल्नेछ । 

फाेटाेमा हेर्नुहाेस्...

डोलेश्वर मेलामा चिया नास्दा लिंदै हुनुहुन्छ ? मूल्यसूचि हेर्नुहोस् है

Comments